News Category 2078/06/14
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको ८ वटै वडाको स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ ।
मंगलबारदेखि शुरु भएको बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाबाट पछिल्लो आर्थिक बर्षमा सञ्चालन भएका स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरुको प्रस्तुतीकरण गरिएको जनाइएको छ ।
बार्षिक समिक्षामा खोप, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन सेवा, पोषण, ओपिडी सेवा लगायतको बारेमा स्वास्थ्य संस्था प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रम समापनको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने निर्देशन दिए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउनुपर्ने र प्रभावकारी अनुगमन गर्नु पर्ने सुझाव समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ