News Category 2078/06/14
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
विपद्का घटनाहरुको बिस्तृत विवरण समावेश गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
सक्षम परियोजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका, कोशी पीडित समाज र युथइनोभेशन ल्याबको समन्वय तथा सहकार्यमा गाउँपालिकाको विपद् पोर्टल तयार गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले पोर्टलमा लगइन गरी उद्घाटन गरे । विपद् पोर्टल सञ्चालनको म्यानुअल डिआरआर फेलो वास्तोलाले प्रमुख प्रशासकीय अधिकृत झालाई हस्तान्तरण समेत गरे ।
तिलाठी कोइलाडी गाउँपालिकामा सन् २०११ देखि हालसम्मको भएको विपद्का घटनाहरुको विस्तृत विवरण पोर्टलमा राखिएको तथा आगामी दिनमा यस पोर्टललाई अझ अद्यावधिक गर्दै लगिने पोर्टल तयारीको लागि गाउँपालिकामा रहेका डिआरआर फेलो विपुल वास्तोलाले जानकारी दिए ।
विपद् पोर्टल उद्घाटनको अवसरमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले पोर्टलको प्रयोग लगायतको बारेमा मन्तब्य ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ