News Category 2078/06/14
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले बिहीबार पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेता लेखीले सामाजिक संजालमार्फत पार्टी परित्याग घोषणाको पत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको पत्रमा लेखीले पार्टीको सबै जिम्मेवारीबाट राजिनामा गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनको “पार्टीको केन्द्रिय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनैतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजिनामा गर्दछु” पत्रमा उल्लेख गरेका छन् ।
एमाले पृष्ठभूमिका लेखीले २०६८ सालमा एमाले छाडी आफुनो अध्यक्षतामा नेपाल नागरिक पार्टी गठन गरेका थिए । नेता लेखीले तत्कालिन राजेन्द्र महतोको सद्भावाना पार्टीसंग एकता गरेका थिए । पछि उनी राजपा हुँदै जसपाको केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा श्रम तथा रोजगार बिभाग प्रमुख भए ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नं. १ को क बाट तत्कालिन राजपाबाट उम्मेदवार बनेका थिए । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्री तथा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष भएको लेखीले बेला थरुहट आन्दोलन तथा समग्रमा आदिवासी जनजातिको आन्दोलनको अगुवाइ गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ