News Category 2078/06/15
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास

दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको राजगढ गाउपालिका वडा नं. ३ स्थित दिनाभद्री खानेपानी सरसफाई आयोजना निर्माणको एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, राजगढ गाउपालिका अध्यक्ष परमानन्द यादब र महुली सामुदायिक विकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले संयुक्त रूपमा उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
नर्घाे पछवारी टोलस्थित दलित बस्तीमा स्थानिय जिराय सदाले ६ धुर जग्गा उपलब्ध गराएपछि बिएमजेड/ भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग, महुली समुदाय बिकास केन्द्र नेपालको सहकार्य र राजगढ गाउँपालिकाको साझेदारीमा उक्त खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।
गाउँपालिकाको ७५ लाख, भिसिएको ५० लाख तथा बाँकी उपभोक्ता समितिको श्रमदान गरि कुल १ करोड ३३ लाख ११ हजार ८ सय ७१ रूपैयाको लागतमा १ सय २५ घरधुरीका लागि खानेपानी आयोजना निर्माण गरिने गाउपालिका अध्यक्ष परमानन्द यादबले बताए ।
२०७८ असोज ७ गतेदेखि सुरू भई चैत्र मसान्त भित्र उक्त कार्य सम्पन्न गर्ने सम्झौता भएको महुली सामुदाय बिकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिए ।
उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, नेपाल पत्रकार महासंघका सहसचिवद्वय चन्दनकुमार यादब, गोपाल गुप्ता लगायत स्थानियबासीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ