News Category 2071/03/30
लाखौ रकम खर्चे पनि सखडा सडकको अवस्था जस्ताको त्यस्तै
दैनिक संवाददाता
राजविराज, २९ असार ।
बर्षेणी लाखौ रकम खर्चे पनि सप्तरीको राजविराज–सखडा सडक खण्ड जिर्ण हुदा श्रद्धालुहरुलाई आवतजावतमा समस्या भइरहेको छ ।
समान्य वर्षामा पनि सो सडक खण्ड जिर्ण हुदाँ सडक भएर दिनहुँ सयौ श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरुलाई आवत जावतमा समस्या उत्पन्न हुने गरेको स्थानीयहरुले बताएका छन ।
सडकका खाल्टाखुल्टी पुर्नेतर्फ ध्यान नदिदा वर्षाको पानी जमेपछि सडक भन्दा पनि पोखरीको रुपमा परिणत हुदै गएको छ ।
यसैविच लगातारको वर्षाले राजविराज–सखडा सडक खण्ड अन्तर्गत बिष्णुपुर र कोचाबखारीमा सडक पोखरीको रुपमा परिणत भएको छ । सडकमा रहेका तीन÷चार फिट गहिरा खाल्टामा पानी भरिदा यस्तो अवस्था आएको हो । सडकमा पानी जमेपछि सडक हिलाम्मे भएको छ । सडकमा पानी भरिएपछि छिन्नमस्ता गाविस स्थित सखडेश्वरी भगवती मन्दिर दर्शनका लागि आवतजावत गर्ने श्रद्धालु भक्तजन लगायत हजारौ यात्रुहरु सास्ति भोग्न वाध्य भएका छन् । पानीभरीएको खाल्टोमा सवारी साधन फस्ने तथा पत्ति भाचिने समस्याले सवारी मालिकलाई पनि समस्या भईरहेको छ ।
सडकमा पानी भरिएपछि स्थानीयका भैसीपाडा आहाल खेल्ने गरेको प्रत्यक्षदर्शीहरु वताउछन् । यति मात्र होईन स्थानीयले सडकमै गाई, गोरु, बाख्रा लगायत चौपायाहरु बांधेर समेत थप समस्या उत्पन्न गरिरहेको उनीहरुले वताए । पशुचौपायाको गोबर तथा फोहोर सामग्री सडकमै फालिएका कारण यात्रुहरु थप मार्कामा परिरहेका छन् ।
सडकमा हास तेरिने र पशु आहाल बस्ने पोखरी बनेको छ सप्तरीको बिष्णुपुर २ का प्रमोदकुमार यादवले भन्नुभयो “वर्षामा चिप्लने र सुख्खामा धुलोले केहि नदेखिदा खाल्डोमा परिने डर भइरहन्छ ।” पानीको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयको ट्युवेलको पानी र वर्षाको पानी पनि सडकमै आउदा सामान्य वर्षामा पनि पोखरी जस्तै देखिएको यादवले बताउनुभयो ।
दुई वर्ष अघि सडक निर्माणका लागि ठेक्का लागेपनि ठेकेदारको काम कछुवाको गतिमा चल्दा दुई वर्षमा १० प्रतिशत काम पनि नभएको स्थानीयहरुको आरोप छ । सडकमा भएका खाल्टा खुल्टीले १० किलोमिटर वाटो पार गर्न समेत यात्रुहरुलाई हम्मे हम्मे पर्ने गरेको छ । ३० देखि ४५ मिनेट लगाएर सवारी साधनले वल्लवल्ल उक्त वाटो छिचोल्ने गरेपनि यसतर्फ कसैले ध्यान नदिएकोमा सर्वसाधारणले समेत चिन्ता ब्यक्त गरेका छन् ।
मुलुककै प्रशिद्ध शक्ति पिठहरु मध्येको एक छिन्नमस्ता भगवती मन्दिर पुग्न प्रयोग हुने वाटो मर्मत सम्भारमा समेत सम्वन्धित निकायले ध्यान नदिएकोले त्यसमा ध्यान दिन उनीहरुले माग समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ