News Category 2078/06/17
अख्तियार बिरुद्ध जसपाको प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
अख्तियारको छापामार शैलीप्रति बिरोध गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार सप्तरीसहित ८ वटै जिल्लामा बिरोध प्रदर्शन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोलीले गत बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामार शैलीमा छापा मारेको बिरोधमा सो बिरोध प्रदर्शन गरिएको हो ।
जसपा जिल्ला कमिटि सप्तरीद्वारा राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध प्रदर्शन नगर परिक्रमा गर्दै स्थानिय दशन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतमा आयोजित बिरोध सभामा पार्टीका प्रदेश २ महासचिव शम्भु झा, नेता विकास तिवारी, बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, महिला नेतृ रमिला साहलगायतले अख्तियारले प्रदेश २ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकारको बदनामी गर्न खोजेको आरोप लगाउँदै मुख्यमन्त्री जस्तो गरिमामय पदलाई आघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको बताए ।
यसअघि जसपा निकट युवा बिद्यार्थीहरूले अख्तियारले मारेको छापाप्रति आपत्ति जनाउदै शनिवार राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेको थियो । स्थानिय शिवमन्दिरको प्राङ्गणबाट जसपा निकट युवा बिधार्थीहरूले निकालेको मसाल जुलुस दशन चौकमा कोण सभामा परिणत भएको थियो ।
गत बुधवार अख्तियारको बर्दिवासस्थित टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छापा मारेको थियो भने ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगत साइकल बितरण सम्बन्धी सम्पूर्ण कागजात समेत लगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ