News Category 2078/06/17
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा व्यवस्था गरिए अनुसारको स्थानीय तहले तलब सुविधा नदिएको भन्दै आइतबारदेखी राजविराजका बाल शिक्षक तथा कर्मचारीहरु धर्नामा बसेका छन् ।
विभिन्न तीन बुँदे माग समेत अघि सार्दै बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म राजविराज नगरपालिकाको कार्यालयको मुल गेटमा धर्ना दिएको गठित आन्दोलन संघर्ष समितिकी संयोजक सुमित्रा दासले जानकारी दिएकी छिन् ।
संयोजक दासले संघीय सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब ८ हजार र स्थानिय सरकारबाट ७ हजार गरि १५ हजार कायम गरिए पनि स्थानिय सरकारबाट ७ हजार दिन नमानेकाले आफूहरु सो सेवा सुविधा पाउनबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन् ।
असोज ७ गतेदेखी पहिलो चरणको आन्दोलनको घोषणा गरेका उनीहरुको माँग असोज १४ गतेसम्म पनि पूरा नभएपछि आइतबारदेखी दोश्रो चरणको आन्दोलनको घोषणा गर्दै धर्नामा बसेको आन्दोलन संघर्ष समितिकी सचिव विभा झाले बताइन् ।
नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट अनुसार सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराउनु पर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राविधिक ग्रेड तथा सामुदायिक विद्यालयमा कार्यरत भई अनिवार्य अवकाश तहत सेवा निवृत भएका शिक्षकहरुको छुट प्राविधि ग्रेड समेत उपलब्ध गराउन गठित संघर्ष समितिले माग राखेको छ ।
राजविराज नगरपालिकामा ७८ जना बाल शिक्षक तथा ४२ जना कर्मचारीहरु रहेको जानकारी दिँदै संघर्ष समितिकी संयोजक दासले धर्ना कार्यक्रममा विद्यालयको पठनपाठनमा कुनै अवरोध नगरि पालो पालै गरि धर्नामा बस्ने व्यवस्था मिलाएको जानकारी दिइन् ।
जिल्लाको १८ वटा स्थानिय तह मध्ये रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिका, सुरुङ्गा नगरपालिका र बोदेबरसाइन नगरपालिका गरि ७ वटा स्थानिय तहले मात्र बाल शिक्षकहरुको तलब १५ हजार लागु गरेको छ भने बाँकी रहेका ११ वटा स्थानिय तह मध्ये राजविराज र खडक नगरपालिकामा आन्दोलन संघर्ष समितिले माग पूरा गराउन आन्दोलन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ