News Category 2078/06/18
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको तलब नपाउदा धर्नालाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
. आन्दोलनमा उत्रेका राजविराजका महिला बाल शिक्षक तथा विद्यालय कर्मचारीहरुको धर्ना दोश्रो दिन पनि जारि रहेको छ ।
राजविराज नगरपालिका कार्यालय खुल्नासाथ उनीहरुले मुल गेट मै धर्ना बसे । सो धर्नाप्रति राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले ऐक्यबद्धता जनाउँदै उनीहरुसँगै केही बेर बसेकी थिइन् ।
सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका महिला बाल शिक्षकहरु धर्नामा वसेको दोश्रो चरणको अन्दोलन अन्तरगत दोश्रो दिन पुगेको छ । पहिलो चरणको आन्दोलनमा शुरुमा एक घण्टा धर्नामा वस्ने गरेका उनीहरुले समय बढाउदै दोश्रो चरणमा ५ घण्टा सम्म धर्नामा वस्न थालेका हुन ।
विद्यालयका बाल शिक्षक, बाल विकास सहयोगि र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको गुनासो गर्दै धर्नामा बसेको बताएका छन् ।
यसअघि ज्ञापन पत्र बुझाउने, पेन डाउन गर्ने, हातमा कालो पट्टी बाँधेर पठनपाठनमा सहभागि, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम र धर्ना लगायत कार्यक्रम गरेकोमा कुनै सुनवाई नभएपछि धर्नाम वस्न थालेको उनीहरुको भनाई छ ।
नेपाल सरकारको २०७८ को बजेट अनुसार बृद्धि गरेको २ हजारसहित ८ हजार र स्थानिय सरकारबाट ७ हजार थप गरि १५ हजार दिने भनिएपनि आफूहरु पाउन नसकेको संघर्ष समितिकी सदस्य सचिव विभा झाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ