News Category 2078/06/20
प्रदेश २ मा १९ लाख जनतालाई कोरोना विरुद्धको खोप
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलवारदेखी पूर्ण मास्क प्रयोग सुनिश्चिता कार्यक्रमको शुभारम्भ गरेका छन् ।
दशै, तिहार छठ लगायतका पर्वलाई मध्यनजर गर्दै चाड पर्वमा हुन सक्ने भिडभाडमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मंगलबारदेखी सो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा शुभारम्भ गरिएको हो ।
राजविराजस्थित गजेन्द्रचोकमा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले कार्यक्रमको शुभारम्भ गर्दै सबैलाई आनिवार्य रुपमा मास्क लगाएर मात्र बाहिर निस्कन आग्रह गरेका छन् ।
उनले सेवाग्राहीको बढी भिडभाड हुने मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा मास्क उपलब्ध गराइने जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवलाई मास्क उपलब्ध गराउन निर्देशन दिँदै ती कार्यालयहरुमा जतिसुकै मास्क उपलब्ध गराउन आपृmु तयार रहेको बताए ।
कार्यक्रममा प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेश २ मा हाल सम्म १९ लाख जनतालाई कोरोना विरुद्धको खोप लगाईसकेको जानकारी दिए ।
उनले प्रदेशमा ४२ लाखलाई लगाउन बाँकी रहेको तथ्याङ्क प्रस्तुत गर्दै जनस्वास्थको मापदण्ड पालना गराउनका साथ साथै प्रदेशका सम्पुर्ण जनतालाई छिट्टै खोप लगाउनका लागी आफुहरु प्रयासरत रहेको बताए ।
जिल्ला स्वास्थ कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, कंचनरुप नगरपालिकाकी उपप्रमुख निरु पोखरेल, प्रमुृख जिल्ला अधिकारी जनार्दन गौतम, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली लगायतले कोरोनाको जोखिम कायमै रहेकाले मास्क, सेनिटाईजरको अनिर्वाय प्रयोग र समाजिक दुरी कायम गरी चाडपर्वमा सहभागी हुन अपिल समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ