News Category 2078/06/23
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरीमा शनिबार दुई छुट्टाछुट्टै दुर्घटनामा परि एक महिला र एक बालक गरि दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका ६ ईन्द्रचौतारी चोकमा शनिबार बसको ठक्करबाट मोटरसाइकल पछाडी सवार एक महिलाको ज्यान गएको छ ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.२–०१–००१ प ०३३४ नं.को मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको बा.३ख. ९६९० नं. को बसले ठक्कर दिदा मोटरसाइकल पछाडी सवार सोही नगरपालिका ९ निवासी ३० वर्षिया गुल्लु खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाईते भएकी खातुनलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मृतकका पति ३२ वर्षिय मो. कुदरस र निजका ५ वर्षिय छोरा मो. समद सामान्य घाईते भएका छन् ।
यता ठक्कर दिने बस र बस चालक दोलखा कालिन्चोक गाउँपालिका ४ निवासी ३३ वर्षिय नेत्र बहादुर थामीलाई प्रहरीले नियन्त्रमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
यस्तै स्कारपियोको ठक्करबाट घाइते भएका एक बालकको उपचार हुन नसक्दा घर फर्किने क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार साउन १८ गते सप्तरीको रुपनी गाउँपालिका ६ स्थित पुर्वपश्चिम राजमार्गमा ना.२च. ३७५४ नम्बरको स्कारपियोले स्थानिय तुलसी चौधरीका १० वर्षिय छोरा सुशिल चौधरीलाई ठक्कर दिएको थियो ।
सो ठक्करबाट गम्भिर घाईते भएका बालक चौधरीको उपचार भइरहेको तथा सुधार नआएपछि अस्पतालका चिकित्सकले उपचार सम्भव नभएको भन्दै डिस्चार्ज गरिदिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अस्पतालले डिस्चार्ज गरेपछि साउन २२ गते घाइते अवस्थामै घरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यता मृतकको शव कानुन अनुसार मुचुल्का उठाएको तथा पोष्टमार्टम समेतको भएको जनाउँदै प्रहरीले दुर्घटना गराउने गाडीलाई नियन्त्रणमा लिई घटना सम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ