News Category 2078/06/25
पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
पत्रकारिता क्षेत्रमा भएका बिकृति, बिसंगति तथा पत्रकारिता क्षेत्रलाई सुद्विढीकरण गर्न सबै ईमान्दार भएर अगाडी बढनुपर्नेमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा आयोजित शुभकामना आदानप्रदान एवं वर्तमान कार्यसमिति सँगको अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमका वक्ताहरुले पत्रकारिता क्षेत्रको बिकासका लागि समन्वय र सहकार्य गर्दै कार्यसमिति अगाडी बढनुपर्ने सुझाव दिएका छन । सुचनाको पहुँच बढाउनुसँगै पत्रकारिता क्षेत्रको बिकास गर्न एकजुट हुनुपर्ने तथा पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउनु पर्ने वक्ताहरुको सुझाव थियो ।
पत्रकारिताको नाममा गाडीमा प्रेस लेखाएर प्रेसको दुरुपयोग रोक्न कार्यसमितिलाई वक्ताहरुले ध्यानाकर्षण गराएका छन् ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतमा आयोजित कार्यक्रममा महासंघका केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अवधेश झा, जिल्ला बार सप्तरीका अध्यक्ष डोमन साह, पत्रकार महासंघ शाखा पुर्व अध्यक्ष बिष्णु मण्डल, बैजनाथ झा, धिरेन्द्र प्रसाद साह, संचारकर्मी मनोहर पोखरेल, अरूण तिवारी, हेमशंकर साह, बृतमान तामाङ, बिन्दु यादव लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा महासंघका अध्यक्ष देवले निर्वाचन समितिका संयोजक बैजनाथ झा तथा सदस्यहरु जिल्ला बारका अध्यक्ष डोमन साह, ध्रुब मण्डल, बस्नेत, राजेश झालाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
यस्तै निर्वतमान कार्यसमितिका अध्यक्ष जितेन्द्र खडगा लगायत सम्पूर्ण पदाधिकारीहरु समेत कदरपत्र प्रदान गरि सम्मान गरिएको थियो ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष बैधनाथ यादवले स्वागत मन्तब्य दिएका थिए भने कोषाध्यक्ष नवीनकुमार गुप्ताले कार्यसमितिको ६ महिना अवधीको प्रगति विबरण सार्वजनिक गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ