News Category 2071/04/03
दाइजोका कारण गर्भवति महिलाको हत्याको आरोप
दैनिक संवाददाता
राजविराज, २ साउन ।
दाइजोका कारण सप्तरीमा थप एक गर्भवति महिलाको हत्या भएको छ । सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियामा आप्mनै श्रीमान, सासु र ससुरा मिलेर गर्भवति महिलाको हत्या गरेको आरोप लगाइएको छ ।
सप्तरीको सारस्वर गाविस ८ कुशमहार टोल निवासी नथुनी मण्डलकी २० वर्षिया छोरी पुनिता मण्डलको उनका आप्mनै श्रीमान् अर्जुन कुमार मण्डल, ससुरा कपलेश्वर मण्डल र सासु मिलेर हत्या गरेको मृतकका बुबा नथुनी मण्डलले आरोप लगाउनु भएको छ ।
गत २०७० साल बैशाख २३ गते १ लाख नगद, यमाहाको वाईजेडआर मोटरसाईकल, १ भरी सुन र १ केजी चाँदी दिएर पुनिताको विवाह गरेको मृतकका बुबा नथुनीले बताउनुभयो ।
यसअघि पनि आप्mना छोरीलाई उनका आफनै श्रीमान, ससुरा र सासु मिलेर थप दाइजो माँग गर्दै आएको बताउँदै नथुनीले भन्नुभयो, “दहेज नदिदाँ पटक पटक आप्mना छोरी पुनितालाई उनीहरुले कुटपिट गर्दै आएका थिए ।”
छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक ५÷१० हजार रकम दिदै आएको थियो, उहाँले भन्नुभयो, “बिहिबार साँझ उसको श्रीमान्, ससुरा र सासु मिलेर कुटपिट गर्नुका साथै साडीले घाँटी थिचेर हत्याको प्रयास गरेका थिए ।”
स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा नथुनीले भन्नुभयो “साडीले घाँटी थिचेपछि पुनिता कराएको थियो, त्यसपछि गाउँ टोलका मानिसहरु भेला हुन थालेपछि उसलाई घरको छतबाट फालेर हत्या ग¥यो ।”
हत्या गरिएका पुनिता ४ महिनाको गर्भवति रहेको पीडितका बुबा नथुनीको भनाई छ ।
यसैबीच हत्याको आरोपमा मृतक पुनिताका श्रीमान् २२ वर्षिय अर्जुन कुमार मण्डललाई प्रहरीले नियन्त्रण लिई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिने छ, यसका लागि प्रहरीले अनुसन्धान समेत गरिरहेको छ ।”
यता पुनिताको शव हाल पोष्टमार्टमसका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबिच पुनिता हत्याको अन्तरपार्टी महिला संजालकी अध्यक्ष पुनम यादव, माधवी साह, कुरिती अन्त्यका लागि राष्ट्रिय संजाल एवं एकल महिला समुहकी अध्यक्ष अनिता देवकोटा सहितकाहरुले दहेजका कारण पुनिताको हत्या गरेको भन्दै सो कार्यको घोर भत्र्सना गर्दै उक्त घटनाको थप अनुसन्धान गरी दोषीमाथि हदै सम्मको कानुनी कार्बाही गर्नुपर्ने जोडदार माँग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ