News Category 2071/04/04
सप्तरीमा ७ करोड भन्दा बढी रकम फ्रिज ६ गाविसले एउटा पनि किस्ता लगेन
राजविराज÷आर्थिक वर्ष २०७०÷७१ मा जिल्ला विकास समिति सप्तरीको ७ करोड ६३ लाख १६ हजार ९ सय ६५ रुपैयाँ ५४ पैसा रकम फ्रिज भएको छ ।
सबैभन्दा बढी गाविस अनुदान तर्फ ३ करोड ६५ लाख १३ हजार ९ सय ८७ रुपैयाँ र सुनौलो हजार दिन कार्यक्रमको २ करोड ६२ लाख ९६ हजार रुँपैया रहेको जिल्ला विकास समिति सप्तरीको कार्यालयले जनाएको छ ।
गाविस अनुदान तर्फ ६ वटा गाविसले एक किस्ता पनि रकम निकासा नलिएको निमित्त स्थानीय विकास अधिकारी सुरेश राउतले बताउनुभयो । एक किस्ता पनि निकासा नभएका गाविसहरुमा पिप्रा पुर्व, कंचनपुर, को.बसाईन, नर्घो, बेल्ही र मानराजा रहेका छन ।
नेपाल अधिराज्यमै सबैभन्दा बढी १ सय १४ गाविस भएको सप्तरीका ४२ वटा गाविसले मात्र तेश्रो किस्ता निकासा लिएको जिल्ला विकास समिति सप्तरीका सहलेखापाल श्याम यादवले जानकारी दिनुभयो ।
यस्तै सुनौलो हजार दिन कार्यक्रम जिल्लाको २९ गाविसमा संचालन हुनुपर्नेमा १५ वटा गाविसमा मात्र संचालन भएकोले २ करोड ६२ लाख ९६ हजार रकम फ्रिज भएको हो । कार्यक्रम संचालनका लागि ढिलो परिपत्र आएको कारणले १५ गाविसमा मात्र कार्यक्रम संचालन भएकोले रकम फ्रिज भएको सहलेखापाल यादवले बताउनुभयो ।
यसैगरि जिल्ला विकास समिति अनुदान तर्फ ५१ लाख ५ हजार ५ सय ३४ रुपैयाँ ९९ पैसा, ग्रामिण खानेपानी तथा सरसफाई तर्फ ८२ लाख ६ सय ९९ रुपैयाँ ४ पैसा, स्थानीय यातायात पुर्वाधार क्षेत्रगत तर्फ १२ लाख ४२ हजार ९ सय ७५ रुपैयाँ ८५ पैसा, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तगर्त १४ लाख ५६ हजार ७ सय ३ रुपैया ३१ पैसा, साना सिचाई नदी नियन्त्रण तर्फ २ लाख ८१ हजार २ सय ३१ रुपैयाँ ३८ पैसा, स्थानीय शान्ति समितिको ३ लाख २९ हजार ९ सय ५३ रुपैया, आदिवासी जनजाती उत्थान राष्ट्रिय तर्फ ३४ हजार २ सय ४५ रुपैया ७९ पैसा, पिछडिएको सामुदाय उत्थान विकास तर्फ १० हजार ४ सय ६४ रुपैया १८ पैसा र स्थानीय शासन तथा सामुदायिक तर्फ ४२ लाख २५ हजार १ सय ७१ रुपैयाँ फ्रिज भएको जिल्ला विकास समिति सप्तरीले जनाएको छ ।
निमित्त स्थानीय विकास अधिकारी सुरेश राउतले आव २०७०÷०७१ मा सम्पन्न भएको सम्पुर्ण योजनाहरुको अनुगमन गरेर मात्र रकम निकासा गरिएको जानकारी दिनुभयो । उहाँले आव २०६९÷०७० भन्दा आव २०७०÷०७१ मा बढी रकम फ्रिज भए पनि आव २०७१÷०७२ का लागि स्थानिय विकास मन्त्रालयले निकासा गर्ने अनुदान रकममा कुनै कटौती नगर्ने जानकारी दिनुभयो ।
यस्तै उहाँले सप्तरीमा दुई वटा नगरपालिका थप भएकोले आव २०७१÷०७२ का लागि ९९ गाविसको मात्र अनुदान रकम आउँने समेत जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ