News Category 2071/04/05
सप्तरीबाट वर्षेणी करिब २० हजार यूवाहरु विदेसिन्छन् राहदानी वापत ५ करोड २९ लाख राजस्व असुली
दैनिक संवाददाता
राजविराज, ४ साउन ।
सप्तरीबाट विदेसिने क्रम अहिले बढेको छ । वर्षेणी सप्तरीबाट रोजगारीका लागि करिब २० हजारको हाराहारीमा यूवाहरु विदेशिने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ मा सप्तरीबाट १९ हजार ३ सय ८५ जना युवायुवतीहरु जिल्ला प्रशासन कार्यालय सप्तरीबाट राहदानी बनाउँनका लागि आवेदन दिएका थिए ।
आर्थिक वर्ष २०७० श्रावण महिनादेखि २०७१ असार महिना सम्ममा जिल्लाबाट १९ हजार ३ सय ८५ जना युवायुवतीहरुले राहदानी बनाउनका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तोम बहादुर दहालले जानकारी दिनुभयो ।
एक वर्षको अवधिमा सप्तरीबाट ९ हजार ९ सय ९४ जनाले साधारण राहदानी तथा ९ हजार ३ सय ९१ जनाले द्रुत गतिको राहदानीका लागि आवेदन दिएका थिए । गत वर्षको तुलनामा यस वर्ष करिब ५ हजार भन्दा बढी युवायुवतीहरु जिल्ला प्रशासन कार्यालय सप्तरीमा आवेदन दिइएको नासु दाहालले जानकारी दिनुभयो ।
बढ्दो बेरोजगारी तथा जिल्लामा खडेरी परेका कारण रोजगार पाउँन नसक्दा बाध्यताले बेरोजगार युवाहरु बिदेशिने क्रममा बृद्धि भएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा अहिले एमआरपीकालागि आवेदन दिनेको संख्या दैनिक ८० देखी १ सय ५० सम्मको हाराहारीमा रहेको जानकारी दिएको छ ।
एमआरपी बनाउनेहरु प्राय गरि १८ देखी ३५ वर्षसम्मका यूवा युवतीहरु रहेका छन् भने त्यसमा पनि बढी १८ सम्मका यूवाहरु रहेको उहाँले जानकारी दिनुभयो ।
सुब्बा दाहाल भन्नहुन्छ “पहिल्यै भन्दा अहिले विदेसिनेहरुको संख्यामा पनि वृद्धि भएको छ, मैले आफ्नो जागिरै अवधीमा सप्तरीबाट यत्रो संख्यामा पासपोर्ट बनाउनेहरुको जमात देखेको थिएन ।’
नायब सुब्बा दाहालको यस्तो अनुभवले पनि सप्तरीबाट पछिल्लो समयमा विदेसिनेहरुको संख्यामा वृद्धि भएको प्रमाणित हुन्छ ।
अहिल्यै मुलुकभरि नै दुई किसिमको एमआरपी दिईने गरेको छ । द्रुत र साधारण सेवा गरी दुई किसिमको एमआरपी मुलुकभरिका प्रशासन कार्यालयहरुले दिने गरेको छ । द्रुत सेवाबाट राहदानी बनाउनकालागि सम्बन्धित प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेको दिनदेखि सातदिनभित्रै सिधै परराष्ट्र मन्त्रालयबाट कार्ड पाउन सकिन्छ । त्यसकालागि दोब्बर दस्तुर रु. १० हजार तिर्नुपर्ने नियम छ । यस्तै साधारण सेवाबाट एमआरपी लिन बढी समय लाग्ने गरेको छ । यसको दस्तुर रु. ५ हजार मात्रै पर्छ । यो सेवाबाट एमआरपी लिन सम्बन्धित प्रशासन कार्यालयमा आवेदन दर्ता गराई कमसेकम डेढ महिनापछि मात्रै कार्ड उपलब्ध हुन्छ । तर, त्योस नभई कमसेकम अढाई महिना लाग्ने भएपछि सेवाग्राहीहरुलाई सास्ती ब्यहोर्नुपरेको छ ।
एक वर्षको अवधिमा राहदानी वापत ५ करोड २९ लाख राजस्व असुली भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका आर्थिक प्रशासन प्रमुख रिता बस्नेतले जानकारी दिनुभयो ।
गत वर्ष भन्दा यस आर्थिक वर्षमा १ करोड १६ लाख २५ हजार बढी राजस्व असुली भएको आर्थिक प्रशासन प्रमुख बस्नेतले जानकारी दिनुभयो । अघिल्लो वर्षमा ४ करोड १२ लाख ७५ हजार राजस्व असुली भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ