News Category 2071/04/06
शान्ति सुरक्षास“गै ओद्यौगिक क्षेत्र संचालनमा आउन थाल्यो
दैनिक संवाददाता
राजविराज, ५ साउन ।
स्थापना भएको २८ वर्ष पछि बल्ल सप्तरीको बसबिट्टी गाविस ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगहरू संचालनमा आउँन थालेको छ ।
सप्तरी सहित तराईका जिल्लाहरुमा शान्ति सुरक्षामा सुधार आएपछि सप्तरीको बसबिट्टी गाविस ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगहरू खुल्ने क्रम बढेको छ ।
व्यापारीमा शान्ति सुरक्षाको अनुभूति र सरकारले औद्योगिक प्रवद्र्धनका लागि बिजुली तथा पानीको व्यवस्था मिलाउने भएपछि यहाँ उद्योगहरू खुल्ने क्रम बढेको हो ।
केही वर्षअघिसम्म उद्योगविहीन रहेको औद्योगिक क्षेत्रमा हाल चार वटा उद्योग सञ्चालनमा छन् भने अन्य तीन वटा पनि छिट्टै सञ्चालनको तयारीमा छन् ।
औद्योगिक क्षेत्रमा हाल कृष्णा खाद्य उद्योग, महालक्ष्मी खाद्य उद्योग, माँ भगवती टोमाटो फुड इन्डस्ट्रिज र पद्माज्योति प्लास्टिक उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख मो वसिर अलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार औद्योगिक क्षेत्रमा न्यू मिलन डेरी उद्योग, अल नेपलिज टी एन्ड कफी सेन्टर र एस एन्ड को(इलेक्टूोडर्स प्रालि सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसअघि औद्योगिक क्षेत्रमा सञ्चालित विभिन्न आधादर्जन उद्योग तराईका विभिन्न समूहका नाममा चन्दा आतङ्क, बढ्दो विद्युतभार कटौती र सरकारी उदासीनताका कारण बन्द भएका थिए । उद्योगहरू बन्द भएपछि त्यहाँका कर्मचारीहरू बलाजुस्थित केन्द्रीय कार्यालयबाट तलब खाँदै आएका थिए ।
त्यसयता विस्थापित भएका उद्योगहरू पुनःस्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट पहल भएपछि उद्योगहरू खुल्न थालेको उद्योगीहरू बताउँछन् ।
शान्ति सुरक्षाको अवस्थामा सुधार आएको र उद्योग सञ्चालनका लागि सरकारका तर्फबाट समेत सकारात्मक कदम चालिएपछि आफूहरू उद्योग सञ्चालनका लागि तयार भएको उद्योगीहरूको कथन छ ।
सरकारले औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहने उद्योगीलाई आर्थिक वर्ष २०६७÷०६८ र २०६८÷०६९ दुई वर्षसम्मको सेड भाडा र जग्गा भाडा छुट गरेका कारण पनि उद्योगीहरू उद्योग सञ्चालनका लागि तयार भएको प्रमुख अलीको भनाइ छ ।
औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनको वातावरण निर्माणका लागि सप्तरीको रुपनीस्थित विद्युत् प्राधिकरण कार्यालयबाट औद्योगिक क्षेत्रसम्म छुट्टै बिजुलीको व्यवस्था मिलाइएको र सो जडान गर्ने कार्य सुरु भइसकेकाले पनि उद्योगीहरूको विश्वास बढेको प्रमुख अलीले बताउनुभयो ।
यस्तै पानीका लागि औद्योगिक क्षेत्रमा नयाँ बोरिङ जडानका लागि स्वीकृति मिलेको उहाँले बताउनुभयो ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिकादेखि चार किलोमिटर उत्तर बसबिट्टी गाविसमा अवस्थित यो औद्योगिक क्षेत्र भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापना भएको थियो ।
कुल २ सय ९४ रोपनी जग्गामा फैलिएको यस औद्योगिक क्षेत्र निर्माणपछि भारत सरकारले २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । दश वटा उद्योग सञ्चालनको क्षमता रहेको औद्योगिक क्षेत्रमा क्यान्टिन भवन, हुलाक भवन, बैंकसमेत रहेका छन् ।
यता सो ओद्योगिक क्षेत्र स्थापना भएको वर्षौपछि मात्र अहिले विस्तारै विस्तार संचालनमा आएपछि त्यस क्षेत्रका स्थानीयबासीहरुमा खुशियाली छाएको छ ।
स्थानीय रामप्रित यादवका अनुसार उक्त ओद्योगिक क्षेत्र संचालनमा आएपछि त्यस भेगका विभिन्न गाविसका करिब एक हजार भन्दा बढी बेरोजगारहरुले रोजगार समेत पाउँने भएकाले ओद्यौगिक क्षेत्र संचालनका लागि समयमै राज्य तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
- 2082/02/21 आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
- 2082/02/21 सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
- 2082/02/20 तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र
- 2082/02/20 सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
- 2082/02/20 चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ