News Category 2071/04/07
भन्सार कार्यालयद्वारा करिव ७ करोड राजस्व असुली
दैनिक संवाददाता
राजविराज, ६ साउन ।
राजविराज भन्सार कार्यालयले ६ करोड ९३ लाख ८१ हजार ५ सय ५६ रुपैयाँ ४७ पैसा राजस्व असुली गरेको छ ।
आर्थिक वर्ष २०७० साल साउन महिना देखि ०७१ असार मसान्त सम्ममा सो राजस्व असुली गर्न सफल भएको राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीका नायब सुब्बा ईश्वर महतले जानकारी दिनुभयो ।
नासु महतका अनुसार यस आर्थिक वर्षमा पैठारी भन्सार महशुल ३ करोड ३५ लाख ८ हजार १ सय ३५ रुपैयाँ, निकासी सेवा शुल्क १६ हजार ७ सय, भन्सार सेवा दस्तुर १२ लाख ८ हजार, कृषि सुधार शुल्क ७७ लाख ७७ हजार २ सय ३६, मुल्य अभिबृद्धि कर १ करोड ८२ लाख ६९ हजार ९ सय ८ रुपैयाँ, अन्त शुल्क ७ लाख ४६ हजार ७ सय ९२ रुपैयाँ गरी कुल ६ करोड ९३ लाख ८१ हजार ५ सय ५६ रुपैयाँ ४७ पैसा राजस्व असुली भएको भन्सार कार्यालयले जनाएको छ ।
गत वर्ष ३ करोड ९३ लाख ८१ हजार ५ सय ५६ रुपैयाँ ४७ पैसा राजस्व असुली भएको थियो । विगत वर्षको तुलनामा यस आर्थिक वर्षमा करिब १५६.२४ प्रतिशत बढी राजस्व असुली भएको नासु महतले जानकारी दिनुभयो ।
चोरी तस्करीमा नियन्त्रण, मुल्य बृद्धि तथा सवारी साधन लिलामीमा बृद्धि भएका कारण यस वर्ष राजविराज भन्सार कार्यालयले राजस्व असुलीमा बृद्धि भएको राजविराज भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिनुभयो ।
बर्षौदेखि जिर्ण राजविराज कुनौली सडक खण्ड मर्मत सम्भार भएपछि अझै बढी राजस्व असुली गर्न सकिने विश्वास भन्सार प्रमुख विश्वकर्माको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ