News Category 2071/04/07
भन्सार कार्यालयद्वारा करिव ७ करोड राजस्व असुली
दैनिक संवाददाता
राजविराज, ६ साउन ।
राजविराज भन्सार कार्यालयले ६ करोड ९३ लाख ८१ हजार ५ सय ५६ रुपैयाँ ४७ पैसा राजस्व असुली गरेको छ ।
आर्थिक वर्ष २०७० साल साउन महिना देखि ०७१ असार मसान्त सम्ममा सो राजस्व असुली गर्न सफल भएको राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीका नायब सुब्बा ईश्वर महतले जानकारी दिनुभयो ।
नासु महतका अनुसार यस आर्थिक वर्षमा पैठारी भन्सार महशुल ३ करोड ३५ लाख ८ हजार १ सय ३५ रुपैयाँ, निकासी सेवा शुल्क १६ हजार ७ सय, भन्सार सेवा दस्तुर १२ लाख ८ हजार, कृषि सुधार शुल्क ७७ लाख ७७ हजार २ सय ३६, मुल्य अभिबृद्धि कर १ करोड ८२ लाख ६९ हजार ९ सय ८ रुपैयाँ, अन्त शुल्क ७ लाख ४६ हजार ७ सय ९२ रुपैयाँ गरी कुल ६ करोड ९३ लाख ८१ हजार ५ सय ५६ रुपैयाँ ४७ पैसा राजस्व असुली भएको भन्सार कार्यालयले जनाएको छ ।
गत वर्ष ३ करोड ९३ लाख ८१ हजार ५ सय ५६ रुपैयाँ ४७ पैसा राजस्व असुली भएको थियो । विगत वर्षको तुलनामा यस आर्थिक वर्षमा करिब १५६.२४ प्रतिशत बढी राजस्व असुली भएको नासु महतले जानकारी दिनुभयो ।
चोरी तस्करीमा नियन्त्रण, मुल्य बृद्धि तथा सवारी साधन लिलामीमा बृद्धि भएका कारण यस वर्ष राजविराज भन्सार कार्यालयले राजस्व असुलीमा बृद्धि भएको राजविराज भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिनुभयो ।
बर्षौदेखि जिर्ण राजविराज कुनौली सडक खण्ड मर्मत सम्भार भएपछि अझै बढी राजस्व असुली गर्न सकिने विश्वास भन्सार प्रमुख विश्वकर्माको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ