News Category 2071/04/08
शान्तिसुरक्षाका लागि सशस्त्र प्रहरीले थप जिम्मेवार बहन गर्नुपर्छ ः महानिरीक्षक वन्त
दैनिक संवाददाता
राजविराज, ७ साउन ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरीको नवनिर्मित भवन तथा ब्यारेकको बुधबार एक समारोहबिच उदघाटन गरिएको छ ।
नवनिर्मित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय भवन तथा ब्यारेकको एक समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक एवं संगठन प्रमुख कोषराज वन्तले नवनिर्मित कार्यालय परिषरमा रहेको शिलालेख अनावरण तथा शान्तिका प्रतिक परेवा उडाएर उद्घाटन गर्नुभयो ।
सप्तरीको ईटहरी विष्णुपुर गाविस ६ बरही नहर चौक स्थित सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले मुलुक र समाजमा शान्तिसुरक्षाका लागि सशस्त्र प्रहरीले थप जिम्मेवार बहन गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
सशस्त्र प्रहरीले आप्mनो स्थापना कालदेखि नै सीमा सुरक्षा, शान्तिसुरक्षा, चोरि तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण लगायतका विश्वसनिय काम गर्दै आएको जानकारी गराउदै वन्तले मानवअधिकारको रक्षा, चेलिवेटि वेचविखन नियन्त्रण लगायतका काममा समेत सशस्त्रको क्रियाशिलता पुष्टि भईरहेको वताउँनुभयो ।
उहाँले सोहि अनुसार आप्mनो गतिविधिलाई विस्तार गर्न सशस्त्र प्रहरीको मातहतका सम्पुर्ण अधिकृत तथा जवानहरुलाई निर्देशन समेत दिनुभयो ।
उहाँले देश र जनताको सेवा गर्न प्रहरीलाई थप जिम्मेवार वनाउनैका लागि सरकारले सुविधा सम्पन्न भवनका लागि वजेट विनियोजन गरेको उल्लेख गर्दै सोहि अनुरुप आफुलाई प्रस्तुत गर्न उहाँले सुझाव समेत दिनुभएको छ ।
सोही अवसरमा जिल्ला अदाल राजविराजका न्यायाधिश रामप्रसाद अधिकारी, सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, सगरमाथा अञ्चल प्रहरी कार्यालयका एसएसपी श्यामकुमार खत्री, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी केदार ढकाल तथा विभिन्न विशिष्ठ ब्यक्तिहरु उपस्थित कार्यक्रममा सशस्त्र प्रहरी वल पुर्वाञ्चल मुख्यालय वराह वाहिनीका वाहिनीपति तथा डिआईजी पुष्पराज केसीले धन्यवाद मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा सशस्त्र प्रहरी भवन निमार्ण कार्यमा जग्गा सहयोग गर्ने जग्गादाता महामाया प्रसाद सिंह, उहाँकी आमा, नेकपा एमालेका अशोक कुमार यादव लगायतका विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिहरुलाई दोसल्लाह सहित सम्मान तथा प्रशसापत्र समेत प्रदान गर्नुभएको थियो ।
करिब ३ करोड, २९ लाख ४६ हजार ७ सय २३ रुपैया ८५ पैसाको कुल लागतमा सो सशस्त्र प्रहरी कार्यालय भवन तथा ब्यारेक निर्माण भएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी अभि कुमार खत्रीले जानकारी दिनुभयो ।
सप्तरीको ईटहरी विष्णुपुर गाविस ६ स्थित ३ विगाह १२ कठ्ठा ११ धुर ऐलानी जग्गामा निर्मित उक्त भवन निर्माणका लागि सुरुमा २ करोड ९२ लाख ५४ हजार ६ सय २८ रुपैयामा ठेक्का लागेको थियो । तर, अफिसर्स भवन, गेट निर्माण, वाटो निर्माण लगायतका विभिन्न कामहरु वाकी नै रहेपछि विभिन्न समयमा उपलब्ध भएको कुल ३६ लाख ९२ हजार ९४ रुपैयावाट ती सम्पुर्ण काम भएको एसपी खत्रीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ