News Category 2071/04/08
बेल्ही चपेनामा ३ सय बालबालिकाको जन्म दर्ता
दैनिक संवाददाता
राजविराज, ७ साउन ।
सप्तरीको बेल्ही चपेना गाविसमा बुधबार सम्पन्न दुई दिने जन्मदर्ता अभियान शिविरमा ३ सय जना बालबालिकाको जन्म दर्ता गराइएको छ ।
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा बेल्ही चपेना गाविसमा दुई दिने जन्मदर्ता अभियान सञ्चालन भएको हो ।
जन्मदर्ता अभियान शिविरमा पहिलो दिन ४७ जना र दोश्रो दिन २ सय ५३ बालबालिकाको जन्मदर्ता गरिएको गाविस सचिव दिनेशकुमार यादवले जानकारी दिनुभयो ।
जन्मदर्ता गराउनबाट वञ्चित रहेका बालबालिकाहरुको जन्मदर्ता गराई उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जन्मदर्ता अभियान सञ्चालन गर्न लागिएको एससिडिसी नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले बताउनुभयो ।
सो शिविर जिल्लाको पाँच गाविसमा गराइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । जसअन्तरगत गम्हरिया प्रवाहामा ८ र ९, पत्थरगाडामा १० र ११, अर्नाहामा १२ र १३ तथा ब्रह्मपुर गाविसमा १४ र १५ गते गराइने कार्यक्रम रहेको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ