News Category 2071/04/11
३५ प्रतिशत मात्र रोपाई खडेरीको प्रवल सम्भावना
राजविराज÷साउनको पहिलो साता सम्ममा सप्तरीमा करिब ३५ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
समयमा पर्या—प्त वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएको कारणले सप्तरीमा किसानहरुले धान रोप्न पाएका छैनन् ।
जिल्लाको कुल खेतियोग्य क्षेत्रफल ७० हजार हेक्टर मध्ये साउन महिनाको पहिलो सात्ता सम्ममा करिब ३५ प्रतिशत मात्र धान रोपाई भएको कृषि कार्यालयका सप्तरीका प्रमुख अशोक कुमार दास यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो “साउनको पहिलो सात्ता सम्ममा जिल्लामा करिब ५० देखि ६० प्रतिशत सम्म धान रोपाई हुनुपर्थो तर त्यसको नभएकोले यस वर्ष जिल्लामा खडेरीको प्रवल सम्भावना रहेको छ ।”
जिल्लाका पश्चिमी, पुर्वी, उत्तरी र केही दक्षिणी भेगका किसानहरु मोटरबाट पानी हालेर धान रोप्न बाध्य भएका छन । जिल्लाको मलेकपुर गाविस ५ का एक किसान राम नारायण यादवका अनुसार आफुहरुको खेतमा धान रोप्न पर्याप्त मात्रामा पानी नहुदाँ सिचाईको अभावमा मोटरबाट पानी हालेर धान रोपाई गरिरहेको बताउनुभयो ।
उहाँ जस्तै खासगरी जिल्लाको पश्चिमी भेगका अधिकांश गाविसमा पानीको अभावमा तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण त्यस भेगका किसानहरुले मोटरबाट खेतमा पानी हालेर धान रोप्न बाध्य भएका छन् ।
पानीको अभावमा यहाँका किसानहरुले मोटरबाट खेतमा पानी हालि जसो तसो धान रोपाई गर्दै आएको स्थानीय किसानहरुको भनाई छ । खेतमा पानी छैन धान कहाँबाट रोप्ने प्रश्न गर्दै जिल्लाको कशहा गाविस ४ का किसान माधव कुमार राय भन्नुहुन्छ, “यस वर्ष पनि खडेरी हुने प्रवल सम्भावना रहेको छ । समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसक्दा आफुहरुले साउनको पहिलो साता सम्ममा पनि धान रोप्न पाएका छैनौं, वर्षभरी के खाने चिन्ताले आफु किसानहरुलाई पिरोलेको छ ।”
प्रत्येक वर्ष समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण यहाँका किसानहरुलाई खडेरी पर्ने गरेकाले त्यस तर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान जान नसकेको कृषकहरुको गुनासो रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ