News Category 2071/04/11
अखिल तराई मुक्ति मोर्चाको नाम “तराई कम्युनिष्ट पार्टी (माओवादी)”
राजविराज÷सरकारले सशस्त्र समूहहरुसँग वार्ता गर्न समिति गठन गरेको केही दिनपछि तराई मधेशमा सशस्त्र संघर्षरत समूह अखिल तराई मुक्ति मोर्चाको नाम पुनः तेश्रो पटक परिवर्तन भएको छ ।
जयकृष्ण गोइतको नेतृत्वमा संचालन भएको उक्त समूहको दशौं वर्ष प्रवेशको अवसरमा साउन १० देखि संगठनको नाम “तराई कम्युनिष्ट पार्टी (माओवादी)” राखिएको गोइतद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि सुरुमा यस समूहको नाउँ जनतान्त्रिक तराई मुक्ति मोर्चा रहेको थियो भने त्यसपछि अखिल तराई मुक्ति मोर्चा र अहिले “तराई कम्युनिष्ट पार्टी (माओवादी)” राखिएको छ ।
१० वर्षमा गैर न्यायीक हत्या, गैर कानुनी गिरफ्तारी, झुठा मुद्दामा करागार पठाउने तथा भारतीय आतंकवादी र अपराधीसँग आफ्ना कार्यकर्ता साट्ने कार्य भएको गोइतले दावी गर्नुभएको छ ।
यसैबीच सशस्त्र समूहरुसँग वार्ता गर्न सरकारले गठन गरेको समितिका संयोजक तथा नेपाली कांग्रेसका सभासद आनन्द प्रसाद ढुंगानाले साउन ११ देखि वार्ता प्रक्रिया सुरु गरिने बताउनु भएको छ ।
प्रथम चरणमा पहाडी क्षेत्रमा सक्रिय सशस्त्र समूहहरुसँग साउन ११ र १२ गते इलाममा वार्ता हुने तथा दोश्रो चरणमा जनकपुर र तेश्रो चरणमा नेपालगञ्जमा वार्ताको मिति तय गरिएको छ ।
श्रोतका अनुसार जनकपुरमा हुने वार्तामा मनोज मुक्ति नेतृत्वका केही मधेश केन्द्रित सशस्त्र समूह सहभागी हुनेछन् । यता गोइतले भने वार्तामा बस्ने वा नबस्ने विषयमा विज्ञप्तीमा स्पष्ट गर्नुभएको छैन । वार्ता समितिमा एमाले नेता, सुरेन्द्र पाण्डे, एमाओवादीका शक्ति बस्नेत, तमलोपाका सर्वेन्द््रनाथ शुक्ला र संघीय समाजवादी पार्टीका अशोक राई सदस्य रहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ