News Category 2070/03/17
गोप्य रुपमै कार्यक्रम गर्छन विकासीय कार्यालयहरु
दैनिक संवाददाताराजविराज, १६ असार ।
एक बर्षसम्म कुनै पनि किसिमको गतिबिधी नगरेका सप्तरीका विकासीय कार्यालयहरुले आर्थिक बर्षको अन्त्यमा आएर धमाधम कार्यक्रम गर्नमा जुटेका छन् ।
अहिले गरिने कार्यक्रमहरु पनि गोप्य रुपमा गरिदैँ बजेट पचाउने काममा लागिपरेका छन् ।
बाहिरका अन्य निकायलाई जानकारी नै नदिई सरकारी निकायहरु मात्र उपस्थित भएर बजेट सकाउने काममा लागिपरेका छन् सप्तरीका विकासिय कार्यालयहरु । पछिल्लोपटक यसको उदाहरणको रुपमा अगाडि आएका छन् जिल्ला पशु सेवा कार्यालय ।
एक बर्षमा कुनै किसिमको कार्यक्रम नगरेको पशु कार्यालयले गरेको आइतबार कार्यक्रम ग¥यो प्रमुख जिल्ला अधिकारी निवासको बैठक कक्षमा । कार्यक्रममा सरकारी निकायका प्रतिनिधी र कर्मचारी गरी लगभग २० जनाको उपस्थिति थियो । बर्डफ्लु सम्बन्धी गरिएको कार्यक्रममा तीन जना संचारकर्मीको मात्रै सहभागिता थियो । कार्यक्रमबारे हरेक नागरिकले बुझ्नुपर्ने भएपनि पशु कार्यालयले सबै संचारकर्मीहरुलाई जानकारी नदिएका कारण नागरिकहरु सो सूचना पाउनबाट बंचित भएका छन् ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादव आफू अनुकुलको दुईदेखि तीन जना संचारकर्मीलाई नजिकमा राखेर उनीहरुलाई मात्रै सहभागिता गराउँदै आउनुभएको छ । जसका कारण पशु सेवा कार्यालयमा आर्थिक बर्ष २०६९÷७० मा कुन–कुन कार्यक्रम गरेको हो ? त्यस सम्बन्धमा कुनै कुरा बाहिर आउन सकेको छैन् । कुनै पनि आर्थिक बर्षमा पशु कार्यालयले आफ्नो गतिबिधी जनमानस समक्ष राख्न सकेको छैन् । आयोजना गरिने समिक्षा गोष्ठीमा पनि प्रमुख यादवको मुठ्ठीका व्यक्तिहरु मात्र सहभागि हुँदै आएका छन् ।
अब विकासीय कार्यालय कृषिको कुरा । गत बर्षहरुमा सिंचाई र बिऊ, विजनको नाममा व्यापक अनियमितता गरेको कृषि कार्यालयका कर्मचारीहरुले पनि गोप्य रुपमै कार्यक्रमहरु गर्दै आएका छन् । असार १५ गते सप्तरीमै पहिलो पटक मनाइएको रोपाइँ दिवसमा कुनै संचारकर्मीलाई जानकारी गराइएन् । राजविराज ६ खर्साल टोलमा मनाइएको रोपाइँ दिवसबारे संचारकर्मीले बुझ्न नसक्दा सर्वसाधारण जनताहरुले समेत बुझ्न पाएनन् । ‘संचारकर्मीहरुलाई किन जानकारी गर्नुभएन ?’ भनेर जिज्ञासा राख्दा कृषि कार्यालयका प्रमुख अनुपालाल साहले भन्नुभयो, ‘‘पत्रकार महासंघको अध्यक्षलाई त बोलाएको थिएँ ।’’
अध्यक्षलाई मात्र बोलाएर सबै मिडियामा सूचना सम्प्रेष्ण हुन्छ भन्ने मानसिकता अनुपालाल साहसहित बिभिन्न कार्यालयका प्रमुखहरुमा अहिलेसम्म यथावतै रहेको छ । साहको कुरालाई मान्ने हो उहाँको दुई बर्षको कार्यकालमा संचारकर्मी सहभागी हुने कुनै कार्यक्रम कृषि कार्यालयले हालसम्म गरेकै छैन् ।
दुई बर्ष अगाडि कृषि कार्यालयमा बिऊ, विजनमा रु ६० लाखको अनियमितता भएको पुष्टि भएको थियो भने गत बर्ष मात्रै रु ५ हजार पर्ने पानी फ्याँक्ने मोटरको रु १५ हजारको बिल बनाएर रकम झवाम्म् पारेका थिए । यस सम्बन्धमा बारम्बार खोजबिन गर्दा पनि कर्मचारीहरुले कुनै किसिमको जानकारी दिन सकेका छैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ