News Category 2071/04/22
जग्गा किर्ते गर्नेविरुद्धको जाहेरी दर्ता गर्न प्रहरीलाई परमादेश
दैनिक संवाददाता
राजविराज, २१ साउन ।
सप्तरीको सिम्राहा सिंग्यौन–९ को करौडौ मूल्य पर्ने एक विगहा ७ कठ्ठा १२ धुर जग्गा किर्ते गर्नेहरु विरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै परेको रिटमा पुनरावेदन अदालतले परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय बलराम विष्ट र महेन्द्रराज गौतमको संयुक्त इजलाशले जिल्ला प्रहरी कार्यालयलाई जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाउन परमादेश गरेको अधिवक्ता फुलनारायण यादवले जानकारी दिनुभयो ।
जग्गाधनीलाई थाहा नै नदिई करौडोको जग्गा पारित गर्ने राजविराज–७ का विशेश्वर प्रसाद चौधरी, सिम्राहा सिंग्यौन–९ का नारायण प्रसाद रौनियार र गाविस सचिव नन्दीप्रसाद यादवविरुद्ध कारवाहीका लागि पाँच महिनादेखि धाए पनि प्रहरी र प्रशासनले वास्तै नगरेको जग्गाधनी ठाकुरले बताउनुभयो । किर्ते व्यक्तिको नाममा नागरिकता बनाई मालपोत कार्यालयको जग्गा धनी मोठ स्रेस्तामा फोटो समेत टाँसी जग्गा खरिद विक्री गरेको जग्गाधनी ठाकुरको दावी छ ।
भारत विहार मुजफ्फरपुर जिल्ला लखनपुर पञ्चायत–७ ग्राम पोस्ट लखनपुर थाना कतरा बस्ने ८६ वर्षीय रामनिहोरा ठाकुरको नाममा रहेको जग्गा किर्ते गरी हस्तान्तरण गर्ने भु–माफियाहरु विरुद्ध कारवाही गर्न स्थानीय प्रहरी प्रशासनले वेवास्ता गर्दै आएको जमुनी मधेपुरा गाविस–२ का बीरेन्द्र कुमार यादवले आरोप लगाउनु भयो ।
झुठा व्योहोरा देखाई किर्ते नागरिकता बनाई मोठ समेत किर्ते गरी जग्गा हस्तान्तरण गरेको विषयमा ठाकुरले गत फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा र गत वैशाख १४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर प्रहरी उपरिक्षक दिनेश अमात्यले उजुरी लिन नमानेपछि परमादेशका लागि रिट दिनुपरेको अधिवक्ता सुजित पोखरेलले बताउनु भयो । अधिवक्ता पोखरेलका अनुसार प्रहरीले जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्नुपर्ने कानुनी कर्तव्य पुरा नगरेपछि कानुनी कामकारवाही र कर्तव्य अविलम्ब पुरा गर्न गत वैशाख २८ गते परमादेशको रिट दायर गरिएको थियो ।
आरोपितहरुले किर्ते व्यक्तिलाई रामनिहोरा ठाकुर बनाई जग्गा धनी प्रमाण पुर्जामा फोटो टाँस गरी, नक्कली नागरिकता बनाई, मोठ स्रेस्तामा समेत किर्ते व्यक्तिको फोटो टाँस गरी जग्गा पारित र हस्तान्तरण गरेको पीडितको दावी छ ।
‘‘मैले आजसम्म नेपाली नागरिकताको प्रमाण पत्र नै लिएको छैन् ।’’ ठाकुरले आश्चर्य व्यक्त गर्दै भन्नुभयो– ‘‘यस्तोमा मेरो नागरिकताको प्रतिलिपी भन्दै किर्ते व्यक्तिको फोटो टाँसी प्रमाण बनाई मोठ स्रेस्तामा समेत सोही व्यक्तिको फोटो टाँसी किर्ते जालसाज गरी मेरो जग्गा आरोपितहरुको नाममा हस्तान्तरण भएको छ ।’’
गाविस सचिव यादवले हुँदै नभएको किर्ते व्यक्तिलाई जग्गाधनी रामनिहोरा ठाकुर हो भनी नागरिकताको प्रतिलिपी लिने प्रयोजनका लागि नियतबश सिफारिश गरेको र चौधरी र रौनियारले जिल्ला प्रशासन कार्यलयबाट किर्ते नागरिकता लिई जग्गा धनी मोठमा समेत किर्ते गरी फरक फोटो टाँसेको उहाँले बताउनुभयो ।
मालपोत कार्यालयबाट ०६९ मंसिर २१ गते कित्ता नं ६३, ६४, १०४, १०५, १४८ र २८५ को ११ कठा १७ धुर जग्गाको मोल रु. चार लाख राखी विशेश्वरले आफ्ना नाममा पारित गरेका छन् । यस्तै सोही दिन नारायणले ठाकुरको नामको कित्ता नं ५५, ६८ र ६९ को १५ कठा १५ धुर जग्गाको मोल रु. एक लाख २७ हजार राखि आफ्नो नाममा पारित गराएका छन् ।
पारित गरिएका जग्गामध्ये विशेश्वरले ०७० वैशाख १५ गते रु. २ लाखमा ४ कठा ३ धुर जग्गा शिवनारायण साहलाई र ०७० असोज २१ गते रु. ४० हजारमा २ कठा १७ धुर जग्गा उपेन्द्र प्रसाद यादवलाई राजिनामा गरि दिएका छन् ।
नारायणले आफ्नो नाममा पारित गराएका जग्गामध्ये ०६९ माघ १८ गते रु. १० लाखमा ७ कठा जग्गा जमुन विविलाई र ०७० वैशाख ५ गते रु. २ लाखमा ८ कठा जग्गा सत्यनारायण यादवलाई पारित गरिदिएका छन् ।
आरोपितहरुले ठाकुरको हक जाने र राजिनामा समेत दुषित तवरले आफ््नो नाममा जग्गा ल्याई गरेको भन्दै पीडितले जिल्ला अदालतमा समेत दुषित लेखत दर्ता बदर र जालसाज मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुले मंगलबार जग्गा बिक्री गर्ने धनीलाई उपस्थित गराउन भनेपछि आरोपितहरु अप्ठ्यारोमा परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/01 शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
- 2082/01/01 काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने
- 2082/01/01 एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
- 2082/01/01 न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
- 2081/12/30 देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
- 2081/12/30 पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्छ ः नेता रिजाल
- 2081/12/30 राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
- 2081/12/29 “अधिवेशनको सम्पूर्ण तयारी पुरा”
- 2081/12/29 “प्याकुरेललाई कारवाहीको माग”
- 2081/12/29 कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ