News Category 2071/04/22
जग्गा किर्ते गर्नेविरुद्धको जाहेरी दर्ता गर्न प्रहरीलाई परमादेश
दैनिक संवाददाता
राजविराज, २१ साउन ।
सप्तरीको सिम्राहा सिंग्यौन–९ को करौडौ मूल्य पर्ने एक विगहा ७ कठ्ठा १२ धुर जग्गा किर्ते गर्नेहरु विरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै परेको रिटमा पुनरावेदन अदालतले परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय बलराम विष्ट र महेन्द्रराज गौतमको संयुक्त इजलाशले जिल्ला प्रहरी कार्यालयलाई जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाउन परमादेश गरेको अधिवक्ता फुलनारायण यादवले जानकारी दिनुभयो ।
जग्गाधनीलाई थाहा नै नदिई करौडोको जग्गा पारित गर्ने राजविराज–७ का विशेश्वर प्रसाद चौधरी, सिम्राहा सिंग्यौन–९ का नारायण प्रसाद रौनियार र गाविस सचिव नन्दीप्रसाद यादवविरुद्ध कारवाहीका लागि पाँच महिनादेखि धाए पनि प्रहरी र प्रशासनले वास्तै नगरेको जग्गाधनी ठाकुरले बताउनुभयो । किर्ते व्यक्तिको नाममा नागरिकता बनाई मालपोत कार्यालयको जग्गा धनी मोठ स्रेस्तामा फोटो समेत टाँसी जग्गा खरिद विक्री गरेको जग्गाधनी ठाकुरको दावी छ ।
भारत विहार मुजफ्फरपुर जिल्ला लखनपुर पञ्चायत–७ ग्राम पोस्ट लखनपुर थाना कतरा बस्ने ८६ वर्षीय रामनिहोरा ठाकुरको नाममा रहेको जग्गा किर्ते गरी हस्तान्तरण गर्ने भु–माफियाहरु विरुद्ध कारवाही गर्न स्थानीय प्रहरी प्रशासनले वेवास्ता गर्दै आएको जमुनी मधेपुरा गाविस–२ का बीरेन्द्र कुमार यादवले आरोप लगाउनु भयो ।
झुठा व्योहोरा देखाई किर्ते नागरिकता बनाई मोठ समेत किर्ते गरी जग्गा हस्तान्तरण गरेको विषयमा ठाकुरले गत फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा र गत वैशाख १४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर प्रहरी उपरिक्षक दिनेश अमात्यले उजुरी लिन नमानेपछि परमादेशका लागि रिट दिनुपरेको अधिवक्ता सुजित पोखरेलले बताउनु भयो । अधिवक्ता पोखरेलका अनुसार प्रहरीले जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्नुपर्ने कानुनी कर्तव्य पुरा नगरेपछि कानुनी कामकारवाही र कर्तव्य अविलम्ब पुरा गर्न गत वैशाख २८ गते परमादेशको रिट दायर गरिएको थियो ।
आरोपितहरुले किर्ते व्यक्तिलाई रामनिहोरा ठाकुर बनाई जग्गा धनी प्रमाण पुर्जामा फोटो टाँस गरी, नक्कली नागरिकता बनाई, मोठ स्रेस्तामा समेत किर्ते व्यक्तिको फोटो टाँस गरी जग्गा पारित र हस्तान्तरण गरेको पीडितको दावी छ ।
‘‘मैले आजसम्म नेपाली नागरिकताको प्रमाण पत्र नै लिएको छैन् ।’’ ठाकुरले आश्चर्य व्यक्त गर्दै भन्नुभयो– ‘‘यस्तोमा मेरो नागरिकताको प्रतिलिपी भन्दै किर्ते व्यक्तिको फोटो टाँसी प्रमाण बनाई मोठ स्रेस्तामा समेत सोही व्यक्तिको फोटो टाँसी किर्ते जालसाज गरी मेरो जग्गा आरोपितहरुको नाममा हस्तान्तरण भएको छ ।’’
गाविस सचिव यादवले हुँदै नभएको किर्ते व्यक्तिलाई जग्गाधनी रामनिहोरा ठाकुर हो भनी नागरिकताको प्रतिलिपी लिने प्रयोजनका लागि नियतबश सिफारिश गरेको र चौधरी र रौनियारले जिल्ला प्रशासन कार्यलयबाट किर्ते नागरिकता लिई जग्गा धनी मोठमा समेत किर्ते गरी फरक फोटो टाँसेको उहाँले बताउनुभयो ।
मालपोत कार्यालयबाट ०६९ मंसिर २१ गते कित्ता नं ६३, ६४, १०४, १०५, १४८ र २८५ को ११ कठा १७ धुर जग्गाको मोल रु. चार लाख राखी विशेश्वरले आफ्ना नाममा पारित गरेका छन् । यस्तै सोही दिन नारायणले ठाकुरको नामको कित्ता नं ५५, ६८ र ६९ को १५ कठा १५ धुर जग्गाको मोल रु. एक लाख २७ हजार राखि आफ्नो नाममा पारित गराएका छन् ।
पारित गरिएका जग्गामध्ये विशेश्वरले ०७० वैशाख १५ गते रु. २ लाखमा ४ कठा ३ धुर जग्गा शिवनारायण साहलाई र ०७० असोज २१ गते रु. ४० हजारमा २ कठा १७ धुर जग्गा उपेन्द्र प्रसाद यादवलाई राजिनामा गरि दिएका छन् ।
नारायणले आफ्नो नाममा पारित गराएका जग्गामध्ये ०६९ माघ १८ गते रु. १० लाखमा ७ कठा जग्गा जमुन विविलाई र ०७० वैशाख ५ गते रु. २ लाखमा ८ कठा जग्गा सत्यनारायण यादवलाई पारित गरिदिएका छन् ।
आरोपितहरुले ठाकुरको हक जाने र राजिनामा समेत दुषित तवरले आफ््नो नाममा जग्गा ल्याई गरेको भन्दै पीडितले जिल्ला अदालतमा समेत दुषित लेखत दर्ता बदर र जालसाज मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुले मंगलबार जग्गा बिक्री गर्ने धनीलाई उपस्थित गराउन भनेपछि आरोपितहरु अप्ठ्यारोमा परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ