News Category 2071/04/24
आर्थिक वर्ष २०७०÷०७१ मा ६०.२७ प्रतिशत मुद्दा फछर्याैट
दैनिक संवाददाता
राजविराज, २३ साउन ।
पुनरावेदन अदालत राजविराजले आर्थिक वर्ष २०७०÷०७१ मा ६०.२७ प्रतिशत मुद्दा फछर्यौट गरेको छ ।
आर्थिक वर्ष २०७०÷०७१ मा २ हजार ६ सय ४६ मुद्दा फछर्यौट गरेको पुनरावेदन अदालत राजविराजका निमित्त रजिष्ट्रार हरिश्चन्द्र इङ्गनामले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिनुभयो ।
त्यस्तै आर्थिक वर्ष २०७०÷०७१ मा १ हजार ७ सय ४४ मुद्दा फछर्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी आर्थिक वर्ष ०६९÷०७० मा १ हजार ३ सय ४२ अर्थात ३८.३७ प्रतिशत मुद्दा फछर्यौट भएको थियो । भने २ हजार १ सय ५५ वटा मुद्दा बाँकी रहेको रजिष्ट्रार इङ्गनामले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले आव ०६८÷०६९ मा आव ०६७÷०६८ बाट जिम्मेवारी ८ सय ७३ र आव ०६८÷०६९ मा परेको १ हजार ८ सय ६४ मध्ये १ हजार ४ सय ३० अर्थात ५२.२४ प्रतिशत मुद्दा फछर्यौट भएको बताउँनुभयो ।
रजिष्ट्रार इङ्गनामले चालु आवमा १ हजार ७ सय ४४ बाँकी मुद्दा मध्ये १५ प्रतिशत थप हुने तथा यस वर्ष २ हजार ५ सय ७० मुद्दा फैसला हुने लक्ष्य रहेको जानकारी दिनुभयो ।
चालु आवमा बार्षिक रणनीति योजना अनुसार ६८ प्रतिशत मुद्दा पछर्यौट गर्ने लक्ष्य रहेपनि करिब ७० प्रतिशत सम्म मुद्दा फछर्यौट हुने सम्भावना रहेको पत्रकार सम्मेलनमा रजिष्ट्रारले जानकारी दिनुभयो ।
६ वटा इजलाशले ४ सय ८९ मुद्दा र प्रति दिन १३ वटा मुद्दा प्रति इजलाशले पछर्यौट गर्नुपर्ने वार्षिक लक्ष्य रहेको उहाँले बताउँनुभयो । यस आर्थिक वर्षमा साना मुद्दाहरु एक वर्ष भित्र फछर्याैट गर्ने तथा १८ महिना भित्रै बाँकी मुद्दा फैसला गर्ने लक्ष्य रहेको बताउँनुभयो ।
सबै रिट निवेदन एक वर्ष भित्र पछर्यौट गर्ने तथा फैसला १५ दिन भित्र सुनाउँने उहाँले जानकारी उल्लेख गर्नुभयो ।
साथै आर्थिक वर्ष २०७०÷०७१ मा तेश्रो पन्चव्रति योजना लागु भएकाले चौमासिक समिक्षा गर्ने वार्षिक योजना समेत रहेको उहाँले जिकीर गर्नुभयो ।
हाल पुनरावेदन अदालतमा १२ वटा न्यायधिश तथा ५ वटा ईजलाश रहेको अदालतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ