News Category 2071/04/24
बन्दी बनाइएकी नाबालिकालाई आमाको जिम्मा लगाईयो
दैनिक संवाददाता
राजविराज, २३ साउन ।
बन्दी बनाइएकी एक १२ वर्षिया नाबालिकालाई पुनरावेदन अदालतले आमाको जिम्मा लगाएको छ ।
सप्तरीको ईनर्वा फुलवडिया गाविस ८ निवासी १२ वर्षिया नाबालिका कल्पना कुमारी सरदारलाई जण्डौल गाविस ५ निवासी ५० वर्षिय सिताराम सरदार र उनका छोरा २४ वर्षिय मंगला सरदारले ती नाबालिकालाई घरमा बन्दी बनाएर राखेका थिए ।
२०७१ साल साउन १२ गते नाबालिका सरदार आप्mनो मामा घर खोक्सर प्रवाहा जाने बेलामा विपक्षीले ललाई फकाई घरमा लगि बन्दी बनाएको पिडितका आमा बिना देवी सरदारले पुनरावेदन अदालत राजविराजमा बन्दी प्रत्यक्षीकरणको लागि साउन १६ गते उजुरी दायर गरेकी थिईन ।
त्यसपश्चात् साउन १८ गते २४ घण्टा भित्र विपक्षीलाई उपस्थित हुनका लागि आदेश गरेको थियो । त्यसका साथै सर्च बारेन्ट साउन २२ गतेको आदेश अनुसार शुक्रबार खान तलासी गरिएको थियो । पुनरावेदन अदालतका शाखा अधिकृत मणीराम ज्ञवालीको नेतृत्वमा प्रहरी र हुपेक प्रतिनिधि उमा पोखरेल सहितको टोलीले खान तलाशी गर्दा नाबालिका बन्दी बनाएको अवस्थामा फेला परेको पुनरावेदन अदालत राजविराजका निमित्त रजिष्ट्रार हरिश्चन्द्र इङ्गनामले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ