News Category 2071/04/26
नकारात्मक सोचका कारण महिला हिंसाको घटनामा बृद्धि ः न्यायाधिश सुबेदी
दैनिक संवाददाता
राजविराज, २५ साउन ।
पुनरावेदन अदालत राजविराजकी न्यायाधिश शारङ्गा सुवेदीले नकारात्मक सोचका कारण मुलुकमा महिला हिंसाको घटनामा बृद्धि भएको बताउनुभएको छ ।
जनै पुर्णिमा एवं रक्षा बन्धनको अवसरमा आईतबार ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजको आयोजनामा आयोजित कार्यक्रमका प्रमुख अतिथि न्यायधिश सुवेदीले मुलुकमा बढ्दो महिला हिंसा न्युनिकरणका लागि सामाजिक विकारहरुबाट उन्मुक्ति पाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
न्यायधिश सुवेदीले महिलाहरुलाई सम्मान व्यवहार गर्नुपर्नेमा विशेष जोड दिदै उमङ्ग, उत्साह र कुदृष्टि छोडेपछि मात्र मानवरुपी समाजको स्थापना हुन सकिने विश्वास ब्यक्त गर्नुभयो ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजकी मुख्य संचालिका भगवति दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा सगरमाथा पेट्रोलियम एशोसिएशनका अध्यक्ष हरेकृष्ण प्रसाद सिंह हरिबाबु, ई.भोजदेव मण्डल, समाजसेवी मधुसुदन देव, प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव, पत्रकार शुभ नारायण यादव, दिपक कुमार यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा करिब दुई सय भन्दा बढीलाई ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजकी मुख्य संचालिका भगवति दिदीले रक्षा बन्धन बाध्नुभएको थियो । यसैबिच भाईबहिनी बिचको स्नेह, सद्भाव र आत्मीयताको पर्वको रुपमा मानिने रक्षा बन्धा अर्थात राखि पर्व आईतबार मिथिलान्चलमा धुमधामका साथ मनाईएको छ ।
दाजुभाईको रक्षाको कामना एवं दीर्घजीवनको शुभेच्छा राखेर बाँधिने रक्षा बन्धन पर्वको अवसरमो दिदी बहिनीले आ–आप्mना दाजुभाईहरुलाई रक्षाबन्धन बाँध्न विभिन्न स्थानबाट आउँने गरेका छन् । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास छ ।
आजको दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषितर्पणीसमेत भन्ने गरिएको हो । विशेषतः आजको दिन सप्तर्षि (वसिष्ठ, विश्वामित्र, कश्यप, जमदग्नि, अत्रि, भरद्वाज, गौतम) लाई तर्पण दिने गरिन्छ ।
आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने परम्परासमेत रहेको छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यतासमेत रही आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ