News Category 2071/04/27
बस दुर्घटनामा दुईको मृत्यु, २३ घाइते
दैनिक संवाददाता
राजविराज, २६ साउन ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको त्रिकौल गाविस ८ स्थित सडक खण्डमा सोमबार दिउँसो बस पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना गम्भिर तथा १८ जना सामान्य घाइते भएका छन् ।
जनकपुरबाट बिराटनगरतर्फ जाँदै गरेको ना. ३ ख. ३८७९ नम्बरको उक्त बस अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । बस पल्टिदा सप्तरीको बैरवा गाविस १ निवासी ४० वर्षिया खपरीवती रामको र पहिचान खुल्न नसकेको अर्को एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएकाहरुको भारदह, कंचनपुर, राजविराजस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भिर घाइते भएकाहरुको धरान र बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै मृत्यु भएकाहरुको शव पाष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको छ । यता बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबिच बस दुर्घटनामा मृत्यु भएपछि केही बेर स्थानीयबासीहरुले राजमार्ग अवरुद्ध समेत गरेको थियो । राजमार्ग अवरुद्ध गर्दा केही समय त्यहाँ तनावग्रस्त समेत भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ