News Category 2070/03/17
जसरी पनि संबिधानसभाको दोस्रो निर्वाचन हुन्छ ः केन्द्रिय सदस्य रिजाल
दैनिक संवाददाता
राजविराज, १६ असार ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले मंसिर ४ गते जसरी पनि संबिधानसभाको दोस्रो निर्वाचन हुने बताउनुभएको छ ।
काँग्रेस सप्तरी ५ नम्बर क्षेत्रले आइतबार जिल्लाको कठौना गाविसमा आयोजना गरेको क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संबिधानसभा निर्वाचन जनताको इच्छा भएकाले यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
एकीकृत नेकपा माओवादीको लाचार छत्रछायाँमा मधेशी दलहरुले मधेशी जनताको मुद्दा बिर्सेको आरोप उहाँको थियो । मधेशी नेताहरुले माओवादीलाई सहयोग गरेर मुद्दालाई बिर्सेको आरोप लगाउनुभयो ।
मुद्दामा नगई सत्ता र कुर्सीको लोभमा मधेशी दलहरु टुक्रा–टुक्रा बनेको उहाँको भनाई छ ।
अब हुने निर्वाचन मार्फत संघिय लोकतन्त्रलाई संस्थागत गर्न मधेशी जनतालाई जागरुक बन्न उहाँले आग्रह गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै क्षत्रिय नेताहरुले पार्टीभित्रको गुट–उपगुटका कारण समस्या उत्पन्न भइरहेको भन्दै रिजाललाई आन्तरिक विवाद मिलाउन आग्रह गर्नुभयो । उनीहरुले अब हुने निर्वाचनमा काँग्रेसको तर्फबाट सही उम्मेदबारलाई टिकट दिए जित्ने विश्वास व्यक्त गरेका थिए ।
काँग्रेस ५ नम्बर क्षेत्रिय सभापति मुक्तिनाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यकर्ता भेला कार्यक्रममा जिल्ला सभापति दिनेश यादव, सचिव सबुरलाल साह, ट्रेड यूनियन काँग्रेसका केन्द्रिय सदस्य भोगेन्द्र झा, महिला संघका जिल अध्यक्ष गीता यादव, सत्यनारायण शर्मा, फत्तेह मोहम्द, नारायण भगत, रहिम बकस मियाँ, खुशीलाल दास, योगेन्द्र प्रसाद चौधरी, दिनेश चौधरी, अनिरुद्ध मण्डल,लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ