News Category 2070/03/17
जसरी पनि संबिधानसभाको दोस्रो निर्वाचन हुन्छ ः केन्द्रिय सदस्य रिजाल
दैनिक संवाददाता
राजविराज, १६ असार ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले मंसिर ४ गते जसरी पनि संबिधानसभाको दोस्रो निर्वाचन हुने बताउनुभएको छ ।
काँग्रेस सप्तरी ५ नम्बर क्षेत्रले आइतबार जिल्लाको कठौना गाविसमा आयोजना गरेको क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संबिधानसभा निर्वाचन जनताको इच्छा भएकाले यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
एकीकृत नेकपा माओवादीको लाचार छत्रछायाँमा मधेशी दलहरुले मधेशी जनताको मुद्दा बिर्सेको आरोप उहाँको थियो । मधेशी नेताहरुले माओवादीलाई सहयोग गरेर मुद्दालाई बिर्सेको आरोप लगाउनुभयो ।
मुद्दामा नगई सत्ता र कुर्सीको लोभमा मधेशी दलहरु टुक्रा–टुक्रा बनेको उहाँको भनाई छ ।
अब हुने निर्वाचन मार्फत संघिय लोकतन्त्रलाई संस्थागत गर्न मधेशी जनतालाई जागरुक बन्न उहाँले आग्रह गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै क्षत्रिय नेताहरुले पार्टीभित्रको गुट–उपगुटका कारण समस्या उत्पन्न भइरहेको भन्दै रिजाललाई आन्तरिक विवाद मिलाउन आग्रह गर्नुभयो । उनीहरुले अब हुने निर्वाचनमा काँग्रेसको तर्फबाट सही उम्मेदबारलाई टिकट दिए जित्ने विश्वास व्यक्त गरेका थिए ।
काँग्रेस ५ नम्बर क्षेत्रिय सभापति मुक्तिनाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यकर्ता भेला कार्यक्रममा जिल्ला सभापति दिनेश यादव, सचिव सबुरलाल साह, ट्रेड यूनियन काँग्रेसका केन्द्रिय सदस्य भोगेन्द्र झा, महिला संघका जिल अध्यक्ष गीता यादव, सत्यनारायण शर्मा, फत्तेह मोहम्द, नारायण भगत, रहिम बकस मियाँ, खुशीलाल दास, योगेन्द्र प्रसाद चौधरी, दिनेश चौधरी, अनिरुद्ध मण्डल,लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ