News Category 2071/04/28
छिमेकीद्धारा कुटपिट गरी बलात्कारको प्रयास
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
सप्तरीको ओद्राहा गाविसकी एक महिलालाई कुटपिट गरी बलात्कारको प्रयास भएको पीडितले बताएकी छिन ।
ओद्राहा गाविसकी ती महिलालाई आप्mनै छिमेकी शिब नारायण खंग सहितकाहरुले जग्गा सम्बन्धि विवादवका कारण कुटपिट गरी बलात्कारको प्रयास गरेको पीडितले आरोप लगाएकी छिन ।
पीडितले महिलाले आफु खेतमा पानी बाँधी खेत तिर लाग्ने क्रममा विपक्षीले आएर कुटपिट गरी खेतमै बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् । पीडित महिलाकी श्रीमान् बेदैशिक रोजगारमा ५ महिना अघि कतार गएका छन् ।
श्रीमान् बाहिर गएको मौका छोपी आफुलाई पटक पटक यसअघि पनि कुटपिट गर्दै आएको पीडितले आरोप लगाइन् । पछिल्लो पटक साउन २५ गते आप्mनै धान खेतमा पानी पटाउने क्रममा अचानक आफुलाई खेतमै कुटपिट गरी बलात्कारको प्रयास गरेकोमा होहल्ला गरेपछि छिमेकीहरु आएर आफु जोगिएको बताईन ।
चार छोरा छोरीकी आमा समेत रहेकी चन्द्रिकालाई यसअघि पनि पटक पटक शिब नारायणले कुटपिट गर्दै आएको बताईन ।
यसैबिच पीडितले न्यायको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार उजुरी समेत दिएकी छिन् ।
यसअघि प्रहरी चौकी फत्तेपुरमा आफुमाथि भएको घटनाको बारेमा उजुरी दिदाँ प्रहरीले केही नगरेको भन्दै आफुलाई न्याय दिलाई दिनका लागि स्थानीय प्रहरी प्रशासन, संचारकर्मी, अधिकारर्की, नागरिक समाज लगायत सम्बन्धित सबै पक्षसँग पीडित महिलाले आग्रह गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ