News Category 2071/04/28
अपाङ्गता भएका व्यक्तिहरुको दर्ता अभियान सुरु
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
सप्तरी जिल्लाको बेल्ही चपेना गाविसमा मंगलबारदेखि अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता अभियान सञ्चालन भएको छ ।
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले सञ्चालन गरेको समावेशी, जवाफदेही तथा पूर्ण शान्तिकालागि सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताउनुभयो ।
बेल्ही चपेना गाविसमा आयोजित दर्ता अभियानमा मंगलबार २५ जना अपाङ्गता भएका ब्यक्तिहरुको नाम दर्ता गरिएको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो ।
जिल्लाको बेल्ही चपेना, पथरगाडा, गम्हरिया प्रवाहा, ब्रहमपुर र अर्नाहा गरि पाँचवटै गाविसका अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता गरी उनीहरुलाई राज्यबाट दिइने सेवा सुविधासम्म पहुँच बढाउन दर्ता अभियान सञ्चालन गरिएको संयोजक झाले बताउनुभयो ।
यसैगरी गम्हरिया प्रवाहा र पत्थरगाडामा २८ गते, अर्नाहामा २९ गते र ब्रह्मपुरमा ३० गते दर्ता शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । सप्तरीमा हालसम्म तीन हजार ७ सय ८२ जनाले अपाङ्गता परिचय पत्र पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ