News Category 2071/04/29
रोपाइ नभएपछि सप्तरीका किसानहरु बेर्ना काटेर पशु चौपायालाई खुवाउ“दै...
शुभ नारायण यादव
राजविराज, २८ साउन ।
समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएका कारण रोपाइ हुन नसक्दा सप्तरीका किसानहरुले रोपेको धानको बिउँ (बेर्ना) लाई काटी पशु चौपायालाई खुवाईरहेका छन ।
पानीको अभावमा जिल्लाका अधिकांश किसानहरु धान रोप्न नपाएपछि उम्रेको बिउँ (बेर्ना) अहिले धमाधम काट्नमा व्यस्त छन् ।
समयमा पर्याप्त वर्षा नहुदाँ तथा सिचाईको कुनै उचित व्यवस्था नभएका कारण जिल्लाका अधिकांश किसानहरु मेहनतका साथ खेतमा लगाएका धानको बिउँ (बेर्ना) काटी गाई, गोरु र भैसीलाई खुवाईरहेको मलेठ गाविस ७ का किसान बिरेन्द्र मण्डलले बताउनुभयो ।
समयमा वर्ष नभएपछि रोपिएको धानको बेर्ना घामले डढ्न लाग्दा पशुहरुलाई त्यही बेर्ना काटेर आहारको रुपमा खुवाउन लागेको किसान मण्डलको भनाई छ ।
यस्तै सप्तरीको रायपुर गाविस १ पौवाका किसान राम नारायण साह समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएका कारण यस वर्ष धान रोप्न नपाएको दुःखेसो पोख्दै उहाँ भन्नुहुन्छ, “वर्षभरी आफु र छोरा छोरी तथा घरपरिवारका अन्य ब्यक्तिहरुलाई के खुवाउँने चिन्ताले पिरोलेको छ ।” यो पीडा उहाँको नभइकन जिल्लाका अधिकांश किसानहरु यस्तै दुःखेसो पोख्छन् ।
समयमा प्रर्याप्त मात्रामा वर्षा हुदाँ तथा सिचाईको उचित व्यवस्था नभएपछि खासगरी जिल्लाको पश्चिमी भेग अर्थात सप्तरी निर्वाचन क्षेत्र न. ४, ५ र ६ का दर्जनौ गाविसका किसानहरुले मोटर तथा सिडीबाट खेतमा पानी हालेर धान रोप्न बाध्य भएको रम्पुरा मल्हनिया गाविस ९ डलवा टोलका किसान रामेश्वर यादवले दुःखेसो पोख्नुभयो ।
जिल्लाको उत्तरी र पश्चिमी भेगका केही गाविसहरु जमुनी मधेपुरा, पातो, पत्थरगाडा, तरही, कुशहा, कल्याणपुर, रामनगर, रामपुर जमुवा, बोदे बर्साइन, मलेकपुर, नर्घो, झुटकी, रायपुर, खोक्सर प्रवाहा, शम्भुनाथ, सहितका गाविसहरुमा अझै धान रोपाई हुन नसकेका कारण त्यस भेगका किसानहरु चिन्तित बनेका छन ।
साउन महिनाको अन्तिम साता सम्ममा सप्तरीमा करिब ४२ प्रतिशत मात्र धान रोपाई हुँदा यहाँका किसानहरु चिन्तित बनेका छन् ।
जिल्लाको कुल ७० हजार कृषि योग्य क्षेत्रफल मध्ये समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएकोले साउनको अन्तिम सातामा करिब ४२ प्रतिशत मात्र धान रोपाई भएकोमा यहाँका किसानहरु चिन्तित बनेका हुन ।
सप्तरीको कुल खेतीयोग्य जग्गा ७० हजार हेक्टर मध्ये कुल सिंचित २६ हजार हेक्टर तथा ३४ हजार असिंचित क्षेत्रमा गरि ४२ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अशोक कुमार दास यादवले जानकारी दिनुभयो ।
प्रमुख यादवका अनुसार खासगरी जिल्लाका पुर्वी, दक्षिणी, उत्तरी भेगमा करिब ४२ प्रतिशत धान रोपाई भएपनि जिल्लाको निर्वाचन क्षेत्र न. ४, ५ र ६ को विभिन्न गाविसहरु तथा पश्चिमी र केही दक्षिणी भेगका गाविसहरुमा अझै धान रोपाई हुन नसकेको प्रमुख यादवको भनाई छ ।
समयमा प्रयाप्त मात्रामा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण जिल्लाको ५८ प्रतिशत खेत अझ बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस अवस्थालाई मध्य नजर गर्दै सप्तरीमा यस वर्ष पनि खडेरीको प्रवल सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ