News Category 2071/04/30
बाढीका कारण जिल्लाको दक्षिणी भेगका तीन गाविस डुबानमा
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
मुलुकभरी बुधबार बेलुकीदेखि भएको लगतारको बर्षाका कारण सप्तरीको दक्षिणी भेगका तीन गाविस डुबान भएको छ ।
लगातारको अबिरल वर्षाका कारण जिल्लाको दक्षिणी भेगका तिलाठी, लौनिया र सकरपुरा गाविसका हजारौ स्थानीयबासीहरुको घर डुबानमा परेका छन् ।
लगातारको बर्षाका कारण खाँडो खोलामा पानीको वहाव बढेपछि जिल्लाको तिलाठी, लौनिया र सकरपुरा गाविस डुबानमा परेको हो ।
बर्षाका कारण खाँडो खोलामा पानी भरिएपछि आएको बाढीले तिलाठी गाविस वडा न. १ देखि ७ सम्मका करिब सयौ परिवारका हजारौ स्थानीयबासीहरुको घर आँगन डुबानमा परेको छ । केही दिन अघि मात्र स्थानीय सत्य नारायण यादव सहितको एक उपभोक्ता समिति गठन गरी गाविसको १ लाख ५० हजार रकम खर्चेर सो खाँडो खोलाको बाँध बाधिएको थियो । खाँडो खोलामा बाँध बाँधिएपछि जिल्लाको दक्षिणी भेगका लौनिया, तिलाठी र सकरपुरा गाविस डुबानमा परेको स्थानीय शम्भु झाको आरोप रहेको छ ।
झाले यसअघि सो बाँध बाँधिदा ती गाविसहरु डुबानमा पर्ने प्रवल सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा लिखित रुपमा उजुरी दिदाँ पनि सम्बन्धित निकायले कुनै चाँसो नदेखाएपछि अहिले यस्तो अवस्था आएको बताउँनुभयो ।
तिलाठी गाविस ५ का सहदेव लाल कामैतले खाँडो नदीमा आएको बाढीले तिलाठी गाविस वडा न. ५ का २ सय २६ घर परिवारको घर आगँनमा पानी पस्नुका साथै तिलाठी गाविस १ का २ सय २० परिवार गरी करिब एक हजार भन्दा बढीको घर डुबानमा परेको बताउनुभयो ।
त्यस्तै बाढीले लौनिया र सकरपुरा गाविस ७ को मुखिया टोलका करिब ४० परिवार समेत डुबानमा परेको प्रहरीले जनाएको छ ।
लगातारको बर्षाले आएको बाढीले लौनिया, तिलाठी र सकरपुरा गाविसका हजारौ घर परिवार डुबानमा परे पछित्यस क्षेत्रका स्थानीयबासीहरु त्रसित बनेका छन् ।
लगातारको बर्षाले आएको बाढीले राजविराज कूनौली सडक खण्ड बिहिबार दिनभरी बवरुद्ध हुदाँ सो सडक खण्डमा संचालित करिब एक दर्जन टेम्पोहरु बिच बाटोबाटै सदरमुकाम राजविराज फर्कनु परेको थियो ।
त्यस्तै बाढीले त्यस भेगका किसानहरुले मेहनत साथ खेतमा लगाएको सयौ विद्या धानबाली समेत डुबानमा परेको छ । यता खाँडो खोलामा पानीको बहाव बढेपछि सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी निरीक्षक डम्बर राणाको नेतृत्वमा सशस्त्र तथा जनपद प्रहरीले दिनभरी खाँडो खोलाको बाँध भत्काएर स्थानीयबासीहरुको उद्धार कार्यमा लागिपरेका छन् ।
बाढी आएपनि ती गाविसहरुमा कुनै मानविय तथा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ