News Category 2071/04/30
ज्येष्ठ नागरिकहरुले आन्दोलन गर्ने चेतावनी
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
मुलुकभराज्यले ज्येष्ठ नागरिकको विभिन्न समस्याहरुको समाधान तर्फ आव २०७१÷०७२ को बजेटमा कुनै ठोस कार्यक्रम नल्याएको भन्दै ज्येष्ठ नागरिकहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका अध्यक्ष शिबहरी प्रसाद भटराईद्धारा बिहिबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री समक्ष विभिन्न २० बुँदे माँगहरु राख्दै ज्ञापन पत्र पठाइएको छ ।
नयाँ बन्ने संविधानमा ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चितताका लागि बृद्धावस्था भएको कारणले कुनै पनि नेपाली ज्येष्ठ नागरिक अपहेलित तथा उत्पीडित हुनु नपर्ने, सम्मान पुर्वक जीवन निर्वाह गर्न पाउनुपर्ने, ज्येष्ठ नागरिकलाई आधारभुत स्वास्थ्य, आर्थिक तथा सामाजिक सुरक्षाको हक प्राप्त हुनुपर्ने, असक्त, असहाय, वेवारिसे द्धन्द्व पीडित एवं विस्थापित ज्येष्ठ नागरिकको मर्यादित जीवन यापनको लागि पुर्ण जिम्मेवारी राज्यले लिनुपर्ने लगायतका माँगहरु ज्ञापन पत्रमा उल्लेख छ ।
त्यस्तै ज्येष्ठ नागरिकको ज्ञान, सिप, अनुभवको संरक्षण र सदुपयोगको हक राज्यबाट हुनुपर्ने, ज्येष्ठ नागरिकको सम्पत्तिमा आफुखुशी गर्न पाउने हक सुनिश्चितता हुनुपर्ने, ज्येष्ठ नागरिकहरुको लागि राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्तालाई उमेर वर्गीकरणको आधारमा उमेर अनुसार निर्धारण गर्नुपर्ने, सार्वजनिक यातायातका सधानका ४ सिट आरक्षण सहित सबै ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य संस्थाहरुमा नि शुल्क उपचारको व्यवस्था गर्नुपर्ने, ज्येष्ठ नागरिक आयोग गठन गर्नुपर्ने लगायतका माँगहरुर ज्ञापन पत्र मार्फत बुझाइएको छ ।
त्यस्तै असार मसान्तमा थोरै समयका कारण बृद्ध भत्ता लिन छुट भएका ज्येष्ठ नागरिकहरुलाई सो भत्ता अबिलम्ब उपलब्ध गराउँनुपर्ने, सरकारको वार्षिक नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको विषयलाई अन्य विषयगत छुटै शिर्षक जस्तै गरी समावेश गर्नुपर्ने, ज्येष्ठ नागरिकको स्वआर्जित सम्पत्तिमा अंशवण्डा नलाग्ने गरी आफुखुशी अथवा इच्छापत्र गर्ने व्यवस्था गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई आफनो छोरा छोरीको कमाईमा कम्तिममा २० प्रतिशत हिस्सा माँग गर्ने अधिकार हुने नीतिको व्यवस्था हुनुपर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई कदर गर्दै राज्यको नीति निमार्ण तहमा अनिवार्य रुपमा संलग्न गर्नुपर्ने लगायतका माँगअरु अघि सारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ