News Category 2071/04/30
कृष्ण जन्मष्टमीका लागि मुर्तिकारहरु मुर्ति बनाउन ब्यस्त
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
नजिकिदै गरेको श्री कृष्ण जन्मष्टमीका लागि यहाँका मुर्तिकारहरु मुर्ति बनाउनमा ब्यस्त छन् ।
भदौ १ गते मनाइने श्री कृष्ण जन्मष्टमी पवको अवसरमा यहाँका मुर्तिकारहरु मुर्ति बनाउँनमा दिनरात ब्यस्त छन् । सप्तरीको बनौली गाविस निवासी पर्शुराय यादव एक महिना पहिलेदेखि नै भगवान कृष्णको मुर्ति बनाउनमा ब्यस्त छन ।
सानै उमेरदेखि विभिन्न देवी देवताको मुर्ति बनाउन कला रहेको यादव अहिले श्री कृष्ण जन्मष्टमीको मुर्ति बनाउँन दिनरात कम्मर कसेर लागिपरेका छन् । मुर्ति बनाउने सीपबाट उहाँ मौसम अनुसार घरमै बसेर राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ ।
उहाँमा कृष्ण जन्मष्टमी, वडा दशै, विश्वकर्मा, सरस्वति पुजा सहित विभिन्न समयमा देवी देउताको मुर्ति बनाउन कला रहेको छ । उहाँ मौसम अनुसार विभिन्न मुर्ति बनाउने कार्यमा सक्रिय हुने गरेको र सो बाट राम्रो आम्दानी गर्दै आएको बताउँनुहन्छ ।
उहाँ सानै उमेरदेखि विभिन्न कलात्मक मुर्ति बनाउने सीप सिकेको तथा समय अनुसार मुर्ति बनाएर मासिक १० देखि २५ हजारसम्म आम्दानी समेत गर्दै आउनुभएको छ ।
उहाँ जस्तै बरही बिरपुर ७ का अर्का कलाकार जोगेन्द्र प्रसाद यादव पनि कृष्ण जन्मष्टमीको मुर्ति बनाउन दिनरात लागिपरेका छन् । उहाँ पनि सानै उमेरदेखि विभिन्न कलात्मक मुर्ति बनाउँदै आएको बताउँदै समय अनुसार विभिन्न देवी देउताको मुर्ति बनाएर राम्रो आम्दानी गर्दै आएको बताउँनुहुन्छ ।
कृष्ण जन्मष्टमीको दुई दिन बाँकी रहँदा सप्तरी सदरमुकाम राजविराज १ स्थित हटियाको राधाकृष्ण मन्दिरका साथै जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा रहेको भगवान कृष्णको मन्दिरहरु सफा गरि सजावट कार्य तिब्र रुपमा भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ