News Category 2071/04/31
लगातारको बर्षाले सयांै विगहा धान खेत डुबानमा
दैनिक संवाददाता
राजविराज, ३० साउन ।
दुई दिनदेखि लगातारको बर्षाका कारण सप्तरीमा सयौ विगहामा लगाइएको धानबाली डुवानमा परेको छ ।
सप्तरीको देउरी भरुवा गाविसस्थित पुर्व र दक्षिणी पट्टिको खाँडो बाँध भत्किदा देउरी भरुवा गाविसका साथै राजविराज नगरपालिका १० डुमरी शिवथानका सयौ विगहा खेति योग्य जमिन डुबानमा परेपछि किसानहरु चिन्तित बनेका छन् ।
वर्षाका कारण जिल्लाको दक्षिणी भेगका तिलाठी, लौनिया, सकरपुरा र रम्पुरा मल्हनिया गाविसका किसानहरुले लगाएको धानबालीमा समेत क्षति पुगेको छ ।
खाँडो खोलामा पानीको वहाव बढेपछि जिल्लाको तिलाठी, लौनिया,सकरपुरा र रम्पुरा मल्हनिया गाविसका दर्जनौ घर समेत डुबानमा परेका छन् ।
खाँडो खोलामा पानी भरिएपछि आएको बाढीले तिलाठी गाविस वडा न. १ देखि ७ सम्मका करिब सयौ परिवारका हजारौ स्थानीयबासीहरुको घर आँगन डुबानमा परेको छ ।
लगातारको वर्षाका कारण तिलाठी गाविस ५ का सहदेव लाल कामैतले खाँडो नदीमा आएको बाढीले तिलाठी गाविस वडा न. ५ का २ सय २६ घर परिवारको घर आगँनमा पानी पस्नुका साथै तिलाठी गाविस १ का २ सय २० परिवार गरी करिब एक हजार भन्दा बढीको घर डुबानमा परेको बताउनुभयो ।
त्यस्तै बाढीले लौनिया र सकरपुरा गाविस ७ को मुखिया टोलका करिब ४० परिवार समेत डुबानमा परेको प्रहरीले जनाएको छ ।
लगातारको बर्षाले आएको बाढीले राजविराज कूनौली सडक खण्ड बिहिबार दिनभरी बवरुद्ध हुदाँ सो सडक खण्डमा संचालित करिब एक दर्जन टेम्पोहरु बिच बाटोबाटै सदरमुकाम राजविराज फर्कनु परेको थियो ।
यता खाँडो खोलामा पानीको बहाव बढेपछि सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी निरीक्षक डम्बर राणाको नेतृत्वमा सशस्त्र तथा जनपद प्रहरीले दिनभरी खाँडो खोलाको बाँध भत्काएपछि शुक्रबार त्यस भेगका गाविसहरुमा पसेको पानी घटेपछि जनजीवन समान्य बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ