News Category 2071/05/02
संविधान जारीस“गै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन गराउनु पर्छ ः वरिष्ठ नेता नेपाल
दैनिक संवाददाता
राजविराज, १ भदौं ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सात बुँदे सहमति लागु गराउन संविधान जारीसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन गराउनु पर्ने बताउनु भएको छ ।
पूर्वी तराईका बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा आइतबार बिहान राजविराजमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले मधेसी, आदिवासी, जनजाती, मुश्लिम पिछडावर्ग, महिला लगायत सम्पूर्ण समुदायको हकअधिकारलाई ध्यानमा राखि सविधान जारि गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले दलहरूको बीचमा संविधानका अन्तरवस्तुहरूको विषयमा गम्भीर रूपमा छलफल जारी रहेकाले माघ ८ गतेभित्रै नेपाली जनताले सङ्घीयतासहितको संविधान पाउने उल्लेख गर्नुभयो ।
सोही अवसरमा सिँचाइ मन्त्री एनपी साउदले कोशी पम्प नहरको व्यवस्थित र पुननिर्माणका लागि सरकारले यस ४० करोड बजेट छुट्याएको उल्लेख गर्नुहुँदै उहाँले नेपालकै पुरानो चन्द्र नहरका लागि आगामी बजेटमा रकम छुट्टयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा संविधानसभाअन्तर्गतको विवाद समाधान उपसमितिका संयोजक तथा काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले तराईमा सशस्त्र सङ्घर्षरत विभिन्न पाँचवटा सशस्त्र समूहसँग पहिलो चरणको वार्ता सम्पन्न भइसकेको जानकारी दिनुहुँदै जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा, ज्वालासिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चालगायतका समुहहरूसँग वार्ताका लागि सम्पर्क भइरहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ