News Category 2071/05/09
भारत सरकारको मध्यस्तामा मधेश मुक्ति टाईगर्स वार्ता गर्न तयार
दैनिक सम्वाददाता
राजविराज, ८ भदौ ।
भारत सरकारको मध्यस्ता वार्ता गर्नुपर्ने लगायतका विभिन्न शर्तहरु अघि सारि मधेश मुक्ति टाईगर्स, तराई नामक सशस्त्र संघर्षरत समुह बार्ताका लागि तयार रहेको जनाएको छ ।
मधेश मुक्ति टाईगर्स, तराईका केन्द्रिय अध्यक्ष राजन प्रतापले विज्ञप्ती प्रकाशन गरि विभिन्न शर्तहरु पुरा गरे २४ घण्टा भित्र सरकारसँग वार्ताको लागि तयार रहेको जनाइएको छ ।
विज्ञप्तीमा प्रधानमन्त्री तथा शान्ति मन्त्रीको संयोजकमा वार्ता टोलिको गठन हुनुपर्ने, मधेश मुक्ति टाईगर्स तराईको नाममा प्रधानमन्त्रीद्धारा हस्ताक्षरित पत्र पठाउनुपर्ने, वार्ता टोलिका सुरक्षाको ग्यारेन्टी र सम्पुर्ण खर्चको व्यवस्था सरकार पक्षले गर्नुपर्ने लगायतका शर्तहरु अघि सारिएको छ ।
त्यस्तै ९ वर्षदेखि सुनसरीको झुमका जेलमा राजनैतिक जीवन विताई रहेका सुनसरी होलेया निवासी गुनाई यादवका छोरा संजय यादवलाई जेल प्रशासनको कमजोरीका कारण हेपाटाईटिस बी रोग लागेर विराटनगर नोवेल अस्पतालमा मृत्युसँग लडीरहेको तथा उहाँको उपचारको व्यवस्था तत्काल मिलाउँनुपर्ने र वार्ता अवधिमा मधेश मुक्ति टाईगर्स, तराईका वार्ता टोली लागत सम्पुर्ण नेता तथा कार्यकर्तामाथि आन्दोलन समयका कुनै पनि मुद्दा नचलाउने तथा पक्राउ नगर्ने ग्यारेन्टी राज्यले लिनुपर्ने लगायतका शर्तहरु अघि सारि वार्ताको लागि तयार रहेको जनाएको छ ।
नेपाल सरकारले हाल सम्ममा मधेशका १५ वटा सशस्त्र समुहसँग करिब २२ पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेको जनाउँदै हस्ताक्षरित विज्ञप्तीमा सरकारले जेलमा रहेका र मुद्धा लगाइएका आप्mना कार्यकर्ताहरुको नामावली नेपाल सरकारलाई उपलब्ध गराउने र सो सम्बन्धमा छानविन गरी क्रमशः रिहा गर्दै जाने र नेपाल सरकारको तर्फबाट वार्तामा रहेका समुहका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक रुपमा व्यवहार गर्ने भन्ने प्रमुख सम्झौता प्राय अधिकांश समुहसँग गरेपनि कार्यान्वयन नभएकोमा आक्रोश समेत विज्ञप्तिमा मार्फत ब्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ