News Category 2071/05/07
सप्तकोसीमा तीन महिनासम्म माछा मार्न निषेध
इनरुवा, ६ भदौ ।
कोसीटप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा तीन महिनासम्म माछा मार्न निषेध गरेको छ ।
आरक्षले माछाको प्रजनन अवधि असारदेखि भदौसम्मका लागि माछा मार्न निषेध गरेको आरक्षले जनाएको छ ।
कोसीमा २०२ प्रजातिको माछा पाइने भनिए पनि अहिले १२७ प्रजातिको माछा मात्रै पाउने गरेको र विभिन्न माछा प्रजातिका लागि प्रजननको उपयुक्त समयावधि असारदेखि भदौसम्म हुने भएकाले प्रजननका लागि माछा मार्न निषेध गरिएको आरक्षका सूचना अधिकृत झोलाइ चौधरीले बताउनुभयो ।
देशभर माछाको वार्षिक उत्पादन ४८ हजार मेट्रिक टन रहेको भए पनि ५० प्रतिशत माछा प्राकृतिक जलाशयमा उत्पादन हुने गरेको छ । सप्तकोसीबाट कुनै समयमा दैनिक तीनदेखि चार क्विन्टल माछा निकाल्ने गरिन्थ्यो भने अहिले माछा मार्न निषेध गरिएकाले कोसीमा माछा बढेको आरक्षको भनाइ छ ।
नेपालको जलचर संरक्षण ऐन, २०१७ र त्यसको पहिलो संशोधन ऐनले सप्तकोसी नदीको केही भागमा माछा मार्न निषेध गरेको चौधरीले बताउनुभयो । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ