News Category 2071/05/06
बाढी प्रभावित क्षेत्रमा सभासद यादवद्वारा निरीक्षण खा“डोका कारण वर्षेनि तिलाठी सहित चार गाविस डुबानमा
शुभ नारायण यादव
राजविराज, ५ भदौं ।
भारतीय पक्षले सीमा क्षेत्रमा एकतर्फी रुपमा बाँध बनाएका कारण सप्तरीको दक्षिणी भेगका विभिन्न गाविस डुबानमा परेपछि ति गाविसहरुको बिहिबार सभासद उमेश कुमार यादव सहितको एक टोलीले निरीक्षण गरेको छ ।
एमाओवादी सप्तरी क्षेत्र न. ३ का सभासद यादव सहितको एक टोली बिहिबार लगातारको वर्षाले बाढी प्रभावित जिल्लाको दक्षिणी भेगका तिलाठी,लौनिया,सकरपुरा र रम्पुरा मल्हनिया सहितका गाविसको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा सभासद यादवले बाढी प्रभावित क्षेत्रका स्थानीयबासीहरुसँग भेटघाट गरी खाँडोका कारण बर्षेनी त्यस भेगका बाढी आउँने गरेकोमा चिन्ता ब्यक्त गर्नुहुदै बाढी आउँन नदिनका लागि तथा बाढीलाई जडैबाट हटाउँनका लागि आफुले चाहिने सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
उहाँले तत्काल बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिबिर तथा लामखुटे मार्ने औषधि छर्कनुपर्ने जरुरी रहेको बताउादै सभासद यादवले त्यसका लागि आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा सभासद यादवले एकिकृत ग्रामिण योजना अन्तर्गत सप्तरीका सम्पुर्ण गाविसका विकासीय कार्यलाई अगाडी बढाउँनुपर्नेमा जोड दिनुभयो ।
उहाँँले वि.स.२०४६ साल देखि खाँडोका कारण त्यस भेगका विभिन्न गाविसहरु डुबानमा पर्ने गरेकाले खाँडो नदीको पानीलाई उचित निकास दिनुपर्ने बताउानुभयो ।
तिलाठी गाविसका नि.गाविस अध्यक्ष दिनेश मिश्राले वि.स.२०४६ सालमा फतुरी सिंहले खाँडो बाँध बाँधिएपछि तिलाठी गाविस डुबानमा पर्ने गरेको बताउँदै उहाँले सिंहको १० विगहाको कित्ता रहेको तथा खेतमा पानी जानका लागि त्यतिखेर नै खाँडो बाँध बाँधिएको थियो ।
पछि सो खाँडो बाँध भत्काउनका लागि तत्कालिन प्रमुख जिल्ला अधिकारी अम्बिका केसीले पनि तिलाठी गाविस डुबानमा परेको बारेमा निकै सहयोग गर्नुभएको थियो ।
उहाँले स्थानीय प्रहरी प्रशासनकै कमजोरीका कारण तिलाठी सहितका विभिन्न गाविसहरु वर्षेनी डुबानमा पर्ने गरेको बताउँनुहुदै गत्त असारमा गाविसको १ लाख ५० हजार रकम खर्चेर सिचाईको लागि खाँडो बाँँध बाँधिएपछि आफुहरु डुबानमा परेको आरोप लगाउानुभयो ।
त्यस्तै स्थानीयबासी एवं भुपु प्रअ अमरनाथ झाले रिंग बाँध बाँधिएपछि तिलाठी गाविस डुबानमा नपर्ने जिकिर गर्नुभयो । उहँँले रिंग बाँधले खाँडो नदीलाई घेरिएपछि बर्षेनीको समस्या तिलाठी गाविस डुबान हुनेबाट मुक्ति पाउँन सकिने बताउँनुभयो ।
रस्खोलाको मुहानै थुन्ने गरी नेपाल भारतको सिमानामा अवस्थित सप्तरीको तिलाठी गाविस नजिकै भारतीय पक्षले सीमा क्षेत्रमा एकतर्फी रुपमा बाँध बनाएका कारण एक हजार भन्दा बढी घर डुबानमा परेका छन ।
जिल्लाको तिलाठी,लौनियाँ, सकरपुरा,रम्पुरा मल्हनियाँलगायतका गाविसका करिब एक हजारभन्दा बढी घर डुबानमा परेको स्थानीयबासीहरुले बताएका छन् ।
अविरल बर्षासँगै खाँडो खोला र जिता खोलामा आएको बाढी गाउँमा पसेपछि तिलाठी गाविसको वडा नम्बर १,२, ३ , ४,५,६ र ७ का सयौ घर डुबानमा परेको स्थानीयबासीहरुले जानकारी दिनुभयो ।
त्यस्तै खाँडो खोलाको मुहान थुनिएपछि रम्पुरा मल्हनियाँ गाविसको ५ र ६, सकरपुरा गाविसको वडा न. ७ मुखिया टोल, लौनियाँ गाविससमेत डुबानमा परेको स्थानीयबासीहरुले बताएका छन ।
विगत एक सात्ता देखिको अबिरल वर्षाका कारण जिता खोला र खाँडो खोला मिलेर बग्ने गरेको मुहान नै थुन्ने गरी भारतीय पक्षले बाँध बनाएका कारण पानीको निकास नभएर ती गाविस डुबानमा परेको स्थानीयबासीहरुको भनाई छ ।
भारतीय पक्षले नेपाली भूमि डुबान हुने गरी खोलाको मुखमै बाँध बनाएका कारण बर्सेनि डुबानमा पर्दै आएपनि नेपाल सरकारको तर्फबाट कुनै पहल नभएको गुनासो गुनासो तिलाठी गाविस ४ का रंजित मिश्राको भनाई छ ।
घरमा पानी पसेका कारण खाना पकाउन र सुत्न बस्नसमेत समस्या भएको मिश्राको गुनासो छ । पानी पसेका कारण घरमा भएको अन्नबाली समेत नष्ट भएको छ भने जनजीवन कष्टकर बनेको तथा बाढी नै गाउँमा पसेपछि बालबच्चालाई जोगाउनसमेत समस्या थपिएको स्थानीयबासीहरुको भनाई छ ।े
यता लगातार वर्षाका कारण जिल्लाको दक्षिणी भेगका तिलाठी, लौनिया, सकरपुरा र रम्पुरा मल्हनिया गाविसका किसानहरुले लगाएको सयौ विगहा धानबालीमा समेत क्षति पुगेको छ ।
खाँडो खोला र जीता खोलाको मुहान थुन्ने गरी भारतीय पक्षले बनाएको बाँध भत्काउने प्रयास नहुँदा सडकमै पानी जमेर विगत एक सातादेखि राजविराज–कुनौली सडक अवरुद्ध भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
- 2082/01/01 शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
- 2082/01/01 काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने
- 2082/01/01 एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
- 2082/01/01 न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
- 2081/12/30 देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ