News Category 2071/05/05
नेपाल–भारत बिचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्ने
दैनिक सम्वाददाता
राजविराज, ४ भदौं ।
नेपाल भारत बिचको सम्बन्धलाई अझ सुमधुर बनाउँनुपर्नेमा जोड एक कार्यक्रमका सहभागि सरोकारबालाहरुले बताउँनुभएको छ ।
नेपाल र भारतबिच सदियौ देखिको मैत्रीपुर्ण सम्बन्ध रहेकाले त्यसलाई अझ सुमधुर बनाउँनुपर्ने आवश्यकता रहेको बताउँनुभयो ।
मित्र राष्ट्र भारतको ६८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत युवा मैत्री संघ सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित साहित्यिक गोष्ठिमा सहभागि सरोकारबालाहरुले भारतको स्वतन्त्रता आन्दोलनमा सप्तरीबासीको अहम सहयोग रहेको बताउाँदै साकारात्मक सोचका साथ सम्पुर्ण जिल्लाबासीहरु अगाडी बढेमा सप्तरीको विकास हुन सक्ने बताउँनुभयो ।
भारतको लगानी सप्तरीमा ठुलो रहेपनि केही सिमित ब्यक्तिहरुका कारण भारतीय लगानी जिल्लाका लागि कालो सुचिमा परेकोमा सरोकारबालाहरुले चिन्ता ब्यक्त समेत गर्नुभयो ।
जिल्लामा खुटा तान्ने प्रवृतिका कारण जिल्लाको विकासीय कार्य पछाडी परिएको बताउँदै कार्यक्रम सहभागिहरुले भारतले चाहेमा सप्तरीको कायापल्ट हुन सक्ने विश्वास ब्यक्त गर्नुभयो ।
नेपाल भारत युवा मैत्री संघ सप्तरीका अध्यक्ष किशोर कुमार यादव केसीको अध्यक्षतामा आयोजित सो साहित्यिक गोष्ठिमा प्रा.डा.अवध किशोर सिंह,सह प्रा.राजेन्द्र खडका,बरिष्ठ पत्रकार अनिल कुमार अनल,सदभावना पार्टीका केन्द्रिय सदस्यद्धय बिशेश्वर रजक,दिपेन्द्र चौधरी,मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष विष्णु कुमार मण्डल,परिषदका अध्यक्ष विवेकानन्द मिश्रा,प्रा.सुरेन्द्र प्रसाद गुप्ता,प्रेस काउन्सिल सदस्य मुरली प्रसाद यादव,नेपाल भारत मैत्री संघका अध्यक्ष मनोज कुमार मुन्धडा सहितका बक्ताहरुले नेपाल भारत बिचको सम्बन्धलाई बलियो बनाउँनुपर्नेमा जोड दिनुभएको थियो ।
सोही कार्यक्रममा मैथिली साहित्य परिषदका अध्यक्ष विवेकानन्द मिश्रा,संचार यात्रा नेपालकी अध्यक्ष करुणा झा,महिला अधिकारकर्मी आभा सेतु सिंह,प्रा.सुरेन्द्र प्रसाद गुप्ता,बन्दना मिश्रा,ध्रुव कुमार मण्डल सहितकाहरले आ आफनो साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ