News Category 2071/05/04
पत्नी हत्याको आरोपमा पति थुनामा, ससुरा रिहा
दैनिक सम्वाददाता
राजविराज, ३ भदौं ।
पत्नीको हत्याको आरोपमा पतिलाई जिल्ला अदालत सप्तरीले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियाकी १९ वर्षीया पुनीताकुमारी मण्डलको हत्याका आरोपित पति २५ वर्षीय अर्जुन मण्डललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला न्यायाधीश पुष्पराज थपलियाको एकल इजलाशले आरोपितलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राख्ने आदेश र ससुरा ४७ वर्षीय कपलेश्वर मण्डललाई साधारण तारेखमा रिहा गरेको श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
पीडितका बुवा सारस्वर गाविस ८ नथुनी मण्डलले दाइजोकै कारण पीडितको हातखुट्टा बाँधी घाँटी निमोठी हत्या गर्ने आरोपितहरु माथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा साउन २ गते किटानी उजुरी दिनु भएको थियो ।
घरको छतबाट लडेर मृत्यु भएकी भनिएकी पीडितको घाँटीमा डोरीको डाम भएको अवस्थामा साउन १ गते लाश फेला परेको थियो ।
प्रहरीले अर्जुनलाई साउन २ गते र ससुरा कपलेश्वरलाई साउन ४ गते पक्राउ गरेको थियो । आरोपितहरुले साउन १ गते राति प्रहरीलाई घरको छतबाट लडेर दुर्घटना भई पीडितको मृत्यु भएको बताएकोमा पक्राउपछि पासोमा झुण्डिइ आत्महत्या गरेको बताउँदै आएका छन् ।
सामाजिक परम्पराअनुसार २०७० वैशाख २३ गते विवाहित मृतक ३ महिनाकी गर्भवती थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ