News Category 2071/05/08
धोक्रा नदीमा बा“ध बा“धिएपछि स्थानीय किसानहरु खुशी
राजविराज÷खडेरीका कारण सप्तरीको पश्चिम भेगका किसानहरु चिन्तित बनेको बेला रामनगर गाविस १ स्थित धोक्रा नदीमा बाँध बाँधिएपछि स्थानीय किसानहरु खुशी भएका छन ।
रामनगर गाविस १ मा गाविसको ४८ हजार अनुदान तथा स्थानीयबासीहरुको श्रमदान गरि कुल १ लाख रकमबाट नदीको बाँध बाँधिएको हो ।
नदीमा बाँध बाँधिएपछि रामनगर गाविस वडा न. १, २, ३, ५, ६ र ७ का करिब २ सय विगहा जग्गामा सिंचाई हुने स्थानीय किसानहरुको भनाई छ ।
यसअघि खडेरीका कारण त्यस भेगका किसानहरुले सिचाई तथा पानीको अभावमा खेतमा मेहनत साथ लगाएको धानबाली समेत डढ्न गालेको बेला उक्त नदीको बाँध बाँधिएपछि अहिले आफुहरुको खेतमा सामान्य तरिकाबाट सिंचाई भइरहेको स्थानीय किसान संजय यादवको कथन छ ।
उहाँले उक्त बाँध बाँधिएपछि त्यस भेगका विभिन्न गाविसका किसानहरुको धान खेतमा समेत पानी पुग्ने सम्भावना रहेको बताउनुभयो ।
स्थानीय किसानहरुको पहलमा गाविसले ४८ हजार तथा जनश्रमदानबाट १ लाख गरी करिब १ लाख ५० हजारमा सो नदीको बाँध बाँधिएर त्यस भेगका किसानहरुले डढ्न लागेको धान खेतमा सजिलै तरिकाबाट सिंचाई गर्न सकिने विश्वास स्थानीय किसानहरुको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ