News Category 2071/05/10
फालिएको एक दिने बालिका कार्की दम्पतिलाई जिम्मा
दैनिक संवाददाता
राजविराज, ९ भदौं ।
सप्तरीको भारदह गाविस ५ स्थित कोशी ब्यारेज नहरमा भर्खरै जन्मिएकी एक दिनको बालिका शिशु वेवारिसे अवस्थामा आइतबार प्रहरीलाई फेला परेको छ ।
बालिका शिशुलाई मोटरसाइकलमा आएका दुईजनाले भारदह गाविस ५ स्थित कोशी ब्यारेज नहरको झाडीमा फालेर गएपछि त्यहाका गाइगोठालाहरुले प्रहरीमा खबर गरेका थिए ।
वेवारिसे अवस्थामा फेला परेको शिशुलाई कञ्चनरुप नगरपालिका ११ ठेलियास्थित धर्मेश्वर अस्पतालमा स्वास्थ्य जाँच र उपचार गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनरुप नगरपालिकाका प्रहरी निरीक्षक दिपक कुमार कार्कीले जानकारी दिनुभयो ।
कञ्चनरुप ८ का बुद्घिबहादुर कार्की र निजकी पत्नी हिरा कार्कीले छोरी सरह पालनपोषण गर्ने भनेपछि शिशुलाई महिला तथा बालबालिका कार्यालय सप्तरीका सुपरभाइजर भावना घिमिरे, सृजनात्मक महिला सहकारी संस्थाका सविता न्यौपाने र मिरा भट्टराई, प्र.नि. कार्की र अस्पतालका चिकित्सक डा. दिलिप कर्णको रोहबरमा जिम्मा लगाइएको छ ।
कार्की दम्पतिका दुई छोरा मात्र रहेको र छोरी सरह पाल्ने प्रतिबद्धता गरेकाले पछि कानुनी प्रकृया पु¥याउने भन्दै नवजात शिशु जिम्मा लगाएको महिला तथा बालबालिका कार्यालयकी सुपरभाइजर घिमिरेले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ