News Category 2071/05/15
गैससको आन्दोलनका कार्यक्रम सार्वजनिक
राजविराज÷गैर सहकारी संस्था महासंघ सप्तरीले गैससलाई भ्याटमा दर्ता गर्ने निर्णयको बिरोध गर्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गैससका जिल्ला अध्यक्ष श्यामकान्त चौधरीद्वारा शनिबार जारि विज्ञप्तिमा भ्याटमा दर्ता गर्ने निर्णयले गैसस र नाफामुखी कम्पनीबीच भेद नछुट्टयाई दुबैलाई एकै खाले व्यबहार गरिएकोमा आपत्ति व्यक्त गर्दै भदौं १५ गतेदेखी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको जनाइएकोछ ।
सार्वजनिक गरिएको कार्यक्रम अनुसार भदौं १५ गतेदेखी १८ सम्म सम्पूर्ण गैससकर्मीहरुले कालोपट्टी बाँधी बिरोध गर्ने, भदौं १८ गते राजविराजमा ¥याली प्रदर्शन र कोणसभा, आ–आफ्नो कार्यक्षेत्रमा धर्ना, जुलुस, कालो झण्डा प्रदर्शन, पत्रकार सम्मेलन, संयुक्त प्रेस विज्ञप्ति आदि निकाल्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरि विज्ञप्तिमा आवश्यक दबाब सृजना, लविंग र एडभोकेसीलाई स्थानियस्तरमा निरन्तरता दिइने जनाइएको छ ।
सामाजिक परिचालन कार्यविधिले निजि कम्पनिहरुलाई प्रोत्साहन गर्ने र सामाजिक संस्थाहरुलाई निरुत्साहित गर्ने काम गरिएको विज्ञप्तिमा जनाइएको छ ।
साथै विज्ञप्तिमा स्थानिय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत सामाजिक परिचालन कार्यक्रमको लागि सूचना मार्फत आह्वान गरिएको सम्पूर्ण प्रक्रिया यथासिघ्र रोक्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ