News Category 2071/05/17
किसानहरूद्वारा प्रदर्शन र धर्ना
दैनिक संवाददाता
राजविराज, १६ भदौ ।
सप्तरीका किसानहरुले सोमबार पनि युरिया मल नपाएको भन्दै प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका छन् ।
धानबालीमा आवश्यक पर्ने रासायनिक मल युरिया नपाएपछि गाउँ गाउँबाट आएका किसानहरुले राजविराजमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला कृषि विकास कार्यालय अगाडि धर्ना दिएका हुन् ।
जिल्लाको विभिन्न गाविसबाट आएका किसानहरुले समयमा वर्षा नभएपछि जसोतसो धान रोपाई गरेपछि अहिले आएर मल खाद्य समेत उपलब्ध गराउन नसकेको भन्दै बाध्यताले बिरोधमा उत्रन परेको बताएका छन् ।
एक सातादेखी जिल्लामा युरिया मलको अभाव रहेको भन्दै सो मलका लागि सदरमुकाम धाँउदासमेत मल पाउन नसकेको उहाँले गुनासो पोख्नुभयो ।
यता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आ–आफ्ना डिलरलाई रासायनिक मल उपलब्ध गराइँदै आएकामा केही सातादेखि चरम अभाव भएको छ ।
यस्तै कृषि सामग्री कम्पनीका राजविराजस्थित शाखा प्रमुख कमल पोखरेलले तीन दिनअघि विराटनगरबाट एक हजार ४०० बोरा मात्र यूरिया आएकाले वितरण गर्न असहज भइरहेकाास्े बताउनुभयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले बाटो अवरुद्ध भएका कारणले केही समययता सप्तरी लगायत अन्य जिल्लामा पनि मल खाद्य आउन नसक्दा अभाव भएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ