News Category 2071/05/17
किसानहरूद्वारा प्रदर्शन र धर्ना
दैनिक संवाददाता
राजविराज, १६ भदौ ।
सप्तरीका किसानहरुले सोमबार पनि युरिया मल नपाएको भन्दै प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका छन् ।
धानबालीमा आवश्यक पर्ने रासायनिक मल युरिया नपाएपछि गाउँ गाउँबाट आएका किसानहरुले राजविराजमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला कृषि विकास कार्यालय अगाडि धर्ना दिएका हुन् ।
जिल्लाको विभिन्न गाविसबाट आएका किसानहरुले समयमा वर्षा नभएपछि जसोतसो धान रोपाई गरेपछि अहिले आएर मल खाद्य समेत उपलब्ध गराउन नसकेको भन्दै बाध्यताले बिरोधमा उत्रन परेको बताएका छन् ।
एक सातादेखी जिल्लामा युरिया मलको अभाव रहेको भन्दै सो मलका लागि सदरमुकाम धाँउदासमेत मल पाउन नसकेको उहाँले गुनासो पोख्नुभयो ।
यता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आ–आफ्ना डिलरलाई रासायनिक मल उपलब्ध गराइँदै आएकामा केही सातादेखि चरम अभाव भएको छ ।
यस्तै कृषि सामग्री कम्पनीका राजविराजस्थित शाखा प्रमुख कमल पोखरेलले तीन दिनअघि विराटनगरबाट एक हजार ४०० बोरा मात्र यूरिया आएकाले वितरण गर्न असहज भइरहेकाास्े बताउनुभयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले बाटो अवरुद्ध भएका कारणले केही समययता सप्तरी लगायत अन्य जिल्लामा पनि मल खाद्य आउन नसक्दा अभाव भएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ