News Category 2071/05/18
“इस्टिमेट भन्दा बढी काम सहनिय”
दैनिक संवाददाता
राजविराज, १७ भदौं ।
वर्षैदेखी सडक विहीन रहेको सप्तरीको बिरौल–डुमरी–देउरी भरुवा–फर्सैठ कृषि सडक खण्डमा अहिले बटो निर्माण भएपछि त्यस भेगका जनतालाई आवत जावत गर्न सुविधा भएको छ ।
आव २०७०÷७१ मा जिल्ला विकास समिति सप्तरीले सो सडक खण्डका लागि निकासा गरेको करिब साढे ८ लाख रकमबाट सो सडकमा केही भाग ग्राभेल र माटोको काम गरिएको छ ।
निकासा गरिएको रकमबाट ८ सय ६० मिटर लम्बाई सडक निर्माण गर्नुपर्नेमा गठित उपभोक्ता समितिले १ हजार २ सय मिटर बाटो निर्माण गरेको अध्यक्ष सलिम मियाँ अन्सारीले जानकारी दिनुभयो ।
बिरौलदेखी राजविराज नगरपालिका वडा न १० स्थित डुमरी शिवथानसम्म ७२ मिटर माटोको काम र ८२ मिटर सडकमा ग्राभेलको काम भएको उपभोक्ता समिति अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।
यस्तै सभासद् रन्जु ठाकुरको संसदीय विकास कोषबाट २ लाख र जिविस सप्तरीको १ लाख ९३ हजार रकमको सहयोगमा डुमरी शिवथानस्थित बिराजीको घरदेखी गुरुदयाल साहको पोखरीसम्म ४ सय मिटर सडकमा समेत माटोको काम गरिएको छ । सो रकम २ सय २५ मिटर सडक निर्माणको इस्टिमेट गरिएकोमा स्थानियहरुको सहयोगले गर्दा ४ सय मिटर सडक निर्माण गरिएको अध्यक्ष अन्सारीको दाबी रहेको छ ।
यता निर्माण गरिएको सडकहरुको जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट गएको अनुगमन टोलीले अनुगमन समेत गरेको छ । निर्माण भएको सडकको अनुगमन पश्चात् जिल्ला विकास समिति प्राविधिक कार्यालयका डिभिजन इन्जिनियर किशोर साहले भन्नुभयो, “उपभोक्ता समितिले गरेको काम सहनिय रहेको भन्दै जिविसले इस्टिमेट गरेको भन्दा बढी काम भएकोले पनि यो जिल्ला कै नमुना काम भएकोले यसमा कुनै विवाद छैन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ