News Category 2071/05/18
एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना गम्भिर
दैनिक संवाददाता
राजविराज, १७ भदौ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन ।
सिरहाको बन्दीपुरबाट सुनसरीको धरानतर्फ जादै गरेको स.१ च ७४३ नम्बरको एम्बुलेन्सको ठक्करबाट खोक्सर प्रवाहा गाविस १ की ५७ वर्षिया लुकन देवी साह तेलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरामी परेकी महिलालाई ठेलामा लिई उनका आफन्तजनले उपचारको लागि युनिक अस्पताल ल्याउँदै गर्दा शम्भुनाथ १ स्थित सडक खण्डमा अचानक एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट ठेला चालक रायपुर गाविसका ५५ वर्षिय राजाराम यादव र मृतक महिलाकी छिमेकी खोक्सर प्रवाहा धिरेन्द्र साह तेली गम्भिर घाईते भएको छ । घाईते दुवै जनाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको तथा ठक्कर दिने एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ