News Category 2071/05/19
युरिया भित्रिन थालेपछि किसानलाई राहत प्रहरीको लाठ्ठी चार्जबाट किसानको टाउ“को फुट्यो
दैनिक संवाददाता
राजविराज, १८ भदौ ।
राजविराज हटियास्थित एक मलखाद्य डिपोमा बुधबार दिउँसो एक बोरा युरिया मल खरीद गर्न आएका एक जना किसानको प्रहरीले गरेको लाठ्ठी चार्जबाट टाउँको फुटेको छ ।
सप्तरीको हरिहरपुर गाविस ९ निवासी गोरखनाथ चौधरीको राजविराज हटियास्थित एक मलखाद्य डिपोमा लाईनमा बसेको बेला प्रहरीले गरेको लाठ्ठी चार्जबाट टाउको फुटेको हो ।
टाउको फुटेपछि उनी तत्कालै अस्पतालमा उपचार गराएर फर्किएपछि डिपो मालिकले तुरुन्त ९ सय ७० रुँपैया लिएर मल उपलब्ध गराएको पीडित चौधरी जानकारी दिनुभयो ।
यसैबीच रासायनिक मल युरिया सप्तरी र सिरहा जिल्लामा भित्रिन थालेपछि किसानले राहत अनुभूति गरेका छन् ।
ती दुवै जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले पाँच–पाँच हजार बोरा र साल्ट ट्रेडिङ लिमिटेडले एक हजार बोरा युरिया वितरणका लागि पु¥याएपछि किसानले खेतीको सिजनमा सजिलै मल प्राप्त गर्न थालेका हुन् ।
साल्ट ट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाले सप्तरी जिल्लास्थित कार्यालयबाट मंगबारदेखि १ हजार बोरा युरियाको वितरण कार्य धमाधम भइरहेको र यस कार्यालयबाट मोरङ र सुनसरीका लागि पनि वितरण भइरहेको जानकारी दिनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरको कोलकत्ताबाट दुई दिनमा ढुवानी भएका एक हजार ६०० बोरा युरिया, झापा, मोरङ र सुनसरी जिल्लामा वितरण भइरहेको र बुधबार पुनः पाँच मालबाहक ट्रकमा मल भित्रिने कार्यालय प्रमुख पुण्यप्रसाद घिमिरेले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढमा बाढीका कारण असार २९ गते पुल धसिएपछि आवागमनमा अवरुद्ध भइ यतिखेर मालबाहक गाडीबाट सो ठाउँमा मल थुपारिएर पुनः अन्य माध्यमबाट पुल पार गराएर ढुवानी गरिने व्यवस्था मिलाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ