News Category 2078/07/02
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सोमबार साँझदेखी हावाहुरीसँगै लगातारको बर्षाले सप्तरीका अधिकांश धानबालीमा क्षति पुगेको छ । जसकारण किसानहरु चिन्तित भएका छन् ।
धान काट्ने बेलामा चलेको हावाले धानबाली खेतमै ढलेपछि वर्षाका कारण जमेको पानीमा धानबाली गलेको छ ।
निकै महिनेतका साथ उब्जाएको बाली अन्तिम समयमा आएर वर्षाका कारण नष्ट भएपछि किसानहरु निकै चिन्तित भएका छन् । धानबाली काटेर खेतमै छाडेकोले उठाउन नसक्दा किसानहरु झनै मर्कामा परेका छन् ।
बेमौसमी वर्षाका कारण सबैजसो नगर र गाउँपालिकामा धानबालीमा समेत क्षति पुगेको छ । मलेकपुरका किसान जिवछ दासले त्यस क्षेत्रमा मात्रै करिब १५ विगहा खेतको धान नष्ट भएको सुनाए ।
यस्तै क्षति जिल्लाका विभिन्न स्थानमा पुगेको कृषकहरुले बताएका छन् । बेमौसमी वर्षाले लहलहाउदै धान खेत नै डुबाएको छ भने कतिपय खेतबाट नदी वगिरहेको छ ।
वर्षाका कारण जिल्लामा ठूलै मात्रामा धानबाली क्षति भएको अनुमान गरिएपनि सम्पूर्ण विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्र राजविराजका बाली अधिकृत दिनेश यादवले जानकारी दिए ।
दुई दिनदेखि निरन्तर चलिरहेको हावाका साथै भइरहेको वर्षाले सप्तरीसहित मुलुकभरका किसानहरु प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ