News Category 2078/07/02
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सोमबार रातीदेखीको चलेको हावासँगै भइरहेको अविरल वर्षाका कारण राजविराज नगरको अधिकांश सडक तथा टोलहरु जलमग्न भएका छन् ।
वर्षाको पानीको उचित निकास हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा डुवानमा परेका हुन् । राजविराजस्थित सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, गजेन्द्र चौक, दशन चौक, रुपनी रोड लगायत क्षेत्र जलमग्न भएको छ ।
वर्षाको पानीले सडक मात्र नभएर बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् ।
वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका ८ स्थित हिमालय टोल, ५ स्थित मिथिला टोल, ७ स्थित खर्साल टोल, ६ स्थित सिरहा रोडको घर घरमा पानी पसेको छ ।
सडक र आसपासमा भएको डुवानले सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै यातायातका साधनहरु गुड्न कठिनाई भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ