News Category 2078/07/04

करेन्ट लागेर एकै परिवारका चारजना गम्भीर घाइते 

दैनिक समाचारदाता

करेन्ट लागेर एकै परिवारका चारजना गम्भीर घाइते 

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक । 
    करेन्ट लागेर राजविराज नगरपालिका वडा नं. ६ का एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । 
    घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा बिहीबार बिहान करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साहसहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् । 
    घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट